अछाम : साँफेबगर नगरपालिकाका १४ वटै वडाका भूमिहीनको तथ्याक संकलन हुने भएको छ । हरेक राजनीतिक दलका दस्तावेज, चुनानी घोषणा पत्रहरू, सरकारी नीति तथा कार्यक्रमहरूमा समेत भूमि सुधारको मुद्दा प्राथमिकतामा पर्दै आएको वर्षाै वितेपनि कार्यान्वयन भने हुन सकेको छैन् ।
तर साँफेबगर नगरले भने ढिलै भएपनि भूमिहीनको तथ्याक संकलनको लागि अग्रसरता देखाएको छ । एफएमडिसिद्धारा सञ्चालित पारस्पारिक जवाफदेहिता परियोजनाको आयोजनामा भएको साँझेदारी मञ्च भएको छलफल कार्यक्रममा साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले साँफेबगरमा गठित नागरिक समाज सञ्जाललाई नगरका सम्पूर्ण वडाको भूमिहीनको तथ्याक संकलन गर्नको लागि आग्रह गर्नुभएको छ । भूमिहीनलाई जग्गाधनी बनाउने नगरपालिकाको लक्ष्य रहेको नगर प्रमुख कुँवरको भनाई रहेको छ ।
यसअघि मष्टमान्डौं रेडियो श्रोता क्लवको आयोजना, नागरिक समाज सञ्जाल र पारस्पारिक जवाफदेहिता परियोजनाको प्राविधिक सहयोगमा मष्ठमान्डौंमा भूमिहिनको तथ्याक संकलन भएको थियो ।
मष्टमान्डौं रेडियो श्रोता क्लवले मष्टमान्डौं २८ परिवारको भूमिहीनको सख्या संकलन गरेको थियो । नागरिक समाज सञ्जाल र पारस्पारिक जवाफदेहिता परियोजनाले भने ७ जना भूमिहीनलाई मात्रै जग्गाका व्यवस्थापन गर्नु पर्ने निर्णय गरेको थियो । साँफेबगर नगर प्रमुख कुँवरले नगरका १४ वटै वडाका भूमिहीनको तथ्याक संकलन गरेर नगरपालिकालाई प्रतिवेदन वुझाउनको लागि आग्रह गर्नुभएको छ ।
वडाका वास्तविक भूमिहीनको तथ्याक संकलन भएमा कुनै न कुनै माध्यमबाट भूमिहीनको व्यवस्थापन गर्न सहज हुने बताउनुभएको छ । सवै भूमिहीनलाई जग्गाको व्यवस्थापन गर्न नसकेपनि कसैलाई रोजगारी, कसैलाई सिपमुलक तालिमका माध्यमबाट आत्मनिर्भर बनाउनको लागि नगरदेखि भूमिहीन क्षेत्रका काम गर्दै आएका सरकारी कार्यालयसँग समन्वयको लागि नगरपालिकाले पहल गर्ने नगर प्रमुख कुँवरको भनाई रहेको छ ।
यस्तै सवैभन्दा वढी समस्यामा रहेका भूमिहीनलाई जग्गा उपलब्ध गराएर जनता आवास कार्यक्रम मार्फत आवास निर्माण गर्न पनि सकिने नगर प्रमुख कुँवरको भनाई रहेको छ । भूमिहीनको तथ्याक संकलन गर्न ढिलाई भएको स्विकार गर्दै नगर प्रमुख कुँवरले नागरिक समाज सञ्जाललाई वास्तविक विवरण चाँडो ल्याउन आग्रह गर्नुभएको छ ।
भूमिहीनको तथ्याक संकलनको लागि आवश्यक सहयोग नगरपालिकाबाट हुने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । कार्यक्रममा सहभागि साँफेबगर नगरपालिका प्रवक्ता वालगिरी कुँवर, वडा नं.३ सिद्देश्वरका अध्यक्ष कृष्ण वुढा, वडा नं.५ नवाठानाका अध्यक्ष उजिर सिंह साउद, वडा नं.७ रिडिकोटका अध्यक्ष मिठ्ठु सिंह भाटले भूमिहीनको तथ्याक संकलन गर्ने कार्यमा वडाबाट पनि सहयोग हुने धारणा व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा सहभागि वडा नं.४ मष्टमान्डौं वडा सदस्य राजेन्द्र कोलिले भूमिहीन नागरिक सवैभन्दा वढी दलित समुदाय रहेका कारण उनिहरुलाई जग्गाको व्यवस्थापनको लागि नगरले पहल गर्नु पर्नेमा जोड दिनुभयो । चुनावको समयमा भूमिहीन दलित समुदाय राजनीतिक दलको तारो बन्ने गरेको दुखेसो पोख्नुभयो । भोट नदिए उठिवास गर्ने राजनीतिक दलको धम्कीका कारण त्रासमा वाच्नुपर्ने स्थिति हुने गरेको उहाँको भनाई रहेको छ ।
यस्तै साँझेदारी मञ्चको वैठकमा साँफेबगर नगर प्रमुख कुँवरलाई गैरसकारी संस्था महासंघका जिल्ला सहसचिव ढकेन्द्र कुँवरले नागरिक समाज सञ्जाल र पारस्पारिक जवाफदेहिता परियोजनाले बनाएको कृषि अनुदान कार्यविधि नीति पनि हस्तान्तरण गर्नुभएको छ । कृषि अनुदान कार्यविधि नीति ग्रहण गर्दै अध्ययन गरेर कार्यापालिकाबाट पास गरिने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस अघि नगरलाई सुशासन र लैङ्गिक समानता तथा समावेशिकरण नीति पनि हस्तान्तरण गरिएको थियो ।
साँझेदारी मञ्च भएको छलफल कार्यक्रममा साँफेबगर कार्यापालिका सदस्य जीतबहादुर नीशानी, जयन्ति वोगटी, वडा सदस्य एकेन्द्र भूल, गैरसकारी संस्था महासंघका जिल्ला सदस्य मानबहादुर कुँवर, पत्रकार, युवा संञ्जालको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पारस्पारिक जवाफदेहिता परियोजनाका जिल्ला अधिकृत गणेश तिरुवाले गर्नुभएको थियो