अछाममा एक जना पुरुष मृत भेटिए

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा एक जना मृत फेला परेका छन ।

वडा नम्बर -२ माणुका ५५ बर्षिय महाजित धामी मृत भेटिएका इलाका प्रहरी विनायकले जानकारी दिएको हाे ।

प्रहरीका अनुसार पञ्चदेवल विनायक नगरपालिका वडा न २ स्थित माणुको मन्दिर भन्दा ठिक १०० मिटर तल कोदो बारीमा बेवारिसे अबस्थामा शव भेटीएको हाे ।

उक्त शव ३ दिन अगाडिको हुन सक्ने इलाका प्रहरी कार्यालय विनायकका इन्चार्ज भरत राेकाएले बताए ।

५५ वर्षीय पुरुष बिहिबार २ बजे तिर मृत अवस्थामा भेटिएका हुन ।

शव पाेष्ट्रमाटमका लागि अहिले जिल्ला अस्पताल मंगलसेन लिने तयारी भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button