चौरपाटीमा रिचार्ज पाेखरी निर्माण अभियान सुरु गरिदैं

 अछाम : चाैरपाटी गाउँपालिकाले आज पुनः रिचार्ज पाेखरी अभियान सुरु गर्ने भएकाे छ ।

”३६४ दिन आफ्नो कामको लागि उठौ, एक दिन वातावरण संरक्षणका लागि जुटौ” भन्ने नाराका साथ आज रिचार्ज पाेखरी बर्ष मनाउन लागेकाे गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिनुभयाे ।

बर्षभरी आफ्नाे ब्यक्तिगत काम गरे पनि एक दिन वातारण संरक्षणका लागि काम गरे प्राकृतिक सम्पदा जल, जंगल, जमिन, जंगली जनावर वस्तुभाउ र चराचुरीकाे संरक्षण हुने हुदाँ गाउँपालिकाले रिचार्ज पाेखरी अभियान सञ्चालन गर्न लागेकाे हाे ।

रिचार्ज पाेखरी निर्माण गरे तत्काल यसकाे फाईदा नदेखिए पनि विस्तारै केही वर्ष पछि यस्ताे प्रभाव देखिने उहाँकाे दावी रहेकाे छ ।

मुख्य गरि पानीकाे मुहान माथी पाेखरी निर्माण गरे खानेपानीकाे मुहानकाे संरक्षण हुने, सुख्खा डाडाँमा पाेखरी निर्माणले वाेटविरुवा हरियाली हुने, जंगली जनावरलाई खानेपानीकाे अभाव नहुने, घर नजिक आईरहेका जंगलि जनावर, पशुपंक्षीकाे आहार जंगलमै भेटिने भएकाेले पनि खेतिपातीकाे संरक्षणमा समेत टेवा पुग्ने अध्यक्ष साउदकाे भनाई रहेकाे छ ।

चाैरपाटी गाउँपालिकाले तीन बर्ष अघि देखि सुरुवात गरेकाे अभियानले साना ठुला रिचार्ज पाेखरी गरी सात वटै वडामा ७ हजार ५०बढी रिजार्ज पाेखरी निर्माण गरिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button