चाैरपाटी गाउँपालिकामा ४ सय १० नयाँ रिचार्ज पाेखरी निर्माण

साउन, ३२ अछाम : चाैरपाटी गाउँपालिकाले याे बर्षकाे अभियानमा थप ४१० रिचार्ज पाेखरी निर्माण गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

३६४ दिन अाफ्नाे कामकाे लागि उठाै, एक दिन वातावरण संरक्षणका लागि जुटाै भन्ने नाराका साथ साउन २९ गते सञ्चालन गरिएकाे रिचार्ज पाेखरी अभियानमा ४१० नयाँ र ४८५ पुराना रिचार्ज पाेखरीकाे मर्मत गरिएकाे गाउँपालिकाले जानकारी दिएकाे छ ।

वातावरण संरक्षणका लागि रिचार्ज पाेखरी निर्माण अभियानमा गाउँपालिकामा १४६२ महिला र १२२९ पुरुष गरि २६९१ जनाले जनश्रमदान गरेका थिए ।

बर्षभरी अाफ्नाे ब्यक्तिगत काम गरे पनि एक दिन वातारण संरक्षणका लागि काम गरे प्राकृतिक सम्पदा जल, जंगल, जमिन, जंगली जनावर वस्तुभाउ र चराचुरीकाे संरक्षण हुने हुदाँ गाउँपालिकाले रिचार्ज पाेखरी अभियान सञ्चालन गरिएकाे हाे ।

रिचार्ज पाेखरी निर्माण गरे तत्काल यसकाे फाईदा नदेखिए पनि विस्तारै केही वर्ष पछि यस्ताे प्रभाव देखिने उहाँकाे दावी रहेकाे छ ।

मुख्य गरि पानीकाे मुहान माथी पाेखरी निर्माण गरे खानेपानीकाे मुहानकाे संरक्षण हुने, सुख्खा डाडाँमा पाेखरी निर्माणले वाेटविरुवा हरियाली हुने, जंगली जनावरलाई खानेपानीकाे अभाव नहुने, घर नजिक अाईरहेका जंगलि जनावर, पशुपंक्षीकाे अाहार जंगलमै भेटिने भएकाेले पनि खेतिपातीकाे संरक्षणमा समेत टेवा पुग्ने अध्यक्ष साउदकाे भनाई रहेकाे छ ।

चाैरपाटी गाउँपालिकाले तीन बर्ष अघि देखि सुरुवात गरेकाे अभियानले साना ठुला रिचार्ज पाेखरी गरी सात वटै वडामा ७ हजार ५०बढी रिजार्ज पाेखरी निर्माण गरिएमा थिए ।

रिचार्ज पाेखरी निर्माण अभियानमा सहयाेग गर्ने सम्पूर्ण जनसमुदायलाई गाउँपालिकाले धन्यवाद ब्यक्त गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker