
नगरप्रमुख कुँवरद्वारा मष्टमान्डौं स्वास्थ्य चौकी र वर्थिङ्ग सेन्टरको उद्घाटन
अछाम : साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टमान्डौंस्थित स्वास्थ्य चौकी र वर्थिङ्ग सेन्टरको आज उद्घाटन गरिएको छ । १२ वर्ष लगाएर निर्माण भएको मष्टमान्डौंस्थित स्वास्थ्य चौकी र वर्थिङ्ग सेन्टरको साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले एक कार्यक्रमकाविच उद्घाटन गरिएको छ ।
२०६४ सालमा निर्माण सुरु भएको स्वास्थ्य चौकी र वर्थिङ्ग सेन्टर भवन निर्माणको काम गत आर्थिक वर्षमा सम्पन्न भएको छ । स्वास्थ्य चौकी र वर्थिङ्ग सेन्टरको आज उद्घाटन कार्यक्रममा वोल्दै नगर प्रमुख कुँवरले दुवै भवन निर्माणले जनतालाई छिटो छरितो सेवा दिनको लागि सहज हुने बताउनुभएको छ ।
यस्तै फरक प्रसंगमा वोल्दै नगर प्रमुख कुँवरले जनतालाई छिटो छरितो स्वास्थ्य सेवा प्रवाह गर्नको लागि संघीय सरकारका वाधक भएको बताउनुभयो ।
जनतालाई सेवा प्रवाहको लागि स्वास्थ्य क्षेत्रमा वढाउनुको साँटो वर्षनि घट्दै आएकोमा संघीय सरकारको आलोचना गर्नुभएको छ । सुरुमा वर्षमा औषधि खरिदको लागि ३६ लाख वजेट आएकोमा अहिले घटेर १५ लाखमा सिमित भएको बताउनुभयो ।
यस्तै उहाँले संघीय सरकारबाट वजेट कम आएपनि नगरपालिकाले जनताको स्वास्थ्य सेवा प्रवाहमा कुनै कमि हुन नदिने बताउनुभएको छ ।
नगर प्रमुख कुँवरले नगरको सवै वडा स्तरसम्म वर्थिङ्ग सेन्टर स्थापना गर्ने लक्ष्य रहेको बताउनुभयो । उदघाटन कार्यक्रममा सहभागि कार्यक्रमका विशिष्ठ अतिथि पूर्व जिविस सदस्य देवबहादुर कुँवरले वर्थिङ्ग सेन्टर स्थापनाले आमा र बच्चाको सुुरक्षा र सुरक्षित प्रस्तुतिका लागि सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा वोल्दै नेकपा एमालेका साँफेबगर नगर ईन्चार्ज शिवबहादुर कुँवर शिलोजले वर्थिङ्ग सेन्टर स्थापना भएपछि घरेलु प्रसुति विधिको पुरातन परम्परालाई विस्थापित गर्दै प्रसुति विधिलाई सुरक्षित तरिकाबाट आमा र बच्चाको स्वास्थ्यको जोखिमबाट कम गर्न सकिने बताउनुभयो ।
नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य सुरत बहादुर कुँवरले स्वास्थ्य संस्थाबाट जनताले सहज रुपमा सेवा पाउनु पर्नेमा जोड दिनुभएको छ ।
स्वास्थ्य व्यवस्थापन समितिका सदस्य लालबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य चौकी ईन्चार्ज शेरबहादुर भूलले राख्नुभएको थियो ।