एमाले महाधिवेशन मङ्सिरमा, १० बुँदे सहमति कार्यान्वयन गर्न ६ सदस्यीय कार्यदल

काठमाण्डाै – नेकपा एमालेको दशौँ महाधिवेशन आउँदाे मङ्सिर १०, ११ र १२ गते आयोजना हुने तय भएको छ । ललितपुरमा मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशनकाे मिति तय गरेकाे प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।  

यस्तै बैठकले मङ्सिरमा हुने दशाैँ महाधिवेशनका लागि विधान संशाेधन महाधिवेशनकाे मिति सारेर असाेज ५ र ६ गतेलाई पनि ताेकेकाे छ ।  पालिकाको अधिवेशनको मिति पनि सरेको एमालेले जनाएको छ ।  

आजकाे स्थायी कमिटीको बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि ६ सदस्यीय उच्चस्तरीय कार्यदल बनाएको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेका छन् । कार्यदलले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनको सिफारिससमेत गर्नेछ । 

बैठकले पार्टी एकताका लागि भन्दै केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै सङ्गठन र कमिटीलाई २०७५ जेठ २ गते अघिकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन आग्रह पनि गरेकाे प्रवक्ता ज्ञवालीले बताउनुभएकाे छ । 

आजको बैठकमा माधव नेपालको साथ छाडेका युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरू पनि सहभागी भएका थिए । यस्तै माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी पनि बैठकमा गएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker