अछाम, १८ भाद्र ।
मंगलसेन नगरपालिका स्तरिय अस्थाइ, करार तथा ज्यालादारी कर्मचारी हकहित संरक्षण मञ्चको भेला सम्पन्न भएको छ । मंचका तदर्थ समिति अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको अस्थाई तथा करार कर्मचारीहरुको पूर्ण भेलाबाट हिरण्ड बहादुर बोगटीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।
मंचको उपाध्यक्षमा लक्ष्मी ढुंगाना, सचिवमा तर्क कुमार भुल, कोषाध्यक्षमा शेर राज नाथ र सह-सचिवमा महेन्द्र बिष्ट सहित १५ सदस्य रहेका छन । भेलाले १५ जनालाई जिल्ला भेलाका लागि प्रतिनिधिमा समेत छनौट गरेको छ ।
यस्तै भेलाबाटै मंचलाइ चलायमान बनाउँन सबै करार कर्मचारीहरुले निश्चित रकम संमलन गरि कोष निर्माण गर्ने र नगरमा कार्यरत अस्थाई तथा करार कर्मचारीहरुको हकहितका लागि नगरपालिका कार्यालयमा ज्ञापनपत्र पेश गर्ने निर्णय गरिएको छ ।
भेलामा सल्लाहकार संयोजक पौरख कुमार बोगटी, सल्लाहकार लक्ष्मण शाही, डण्डी प्रसाद ढुंगाना, एकेन्द्र बोगटी लगायतका अतिथि रहनुभएको थियो । कार्यक्रमको संचालन तदर्थ समितिका कोषाध्यक्ष दिल बहादुर केसीले गर्नुभएको थियो ।