
कमल रावल, भदौ १८ अछाम
जिल्लाको साँफेबगर नगरपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्न्तरण गरिएको छ । वाक नेपाल र वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको सयूक्त साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य सबलिकरण परियोजना अन्तर्गत एक कार्यक्रमका बिच वाक नेपालले सामाग्री हस्तान्न्तरण गरेको हो ।
नगरपालिकाका उपप्रमुख बिरमला देवि बुडथापालाई सेनिटाईजर, मास्क, ग्लोबस, फेस सिल्ड लगायत अन्य सामाग्री गरि जम्मा ६७ हजार ५ सय ७ आर्थिक रकम बराबरको सामाग्री हस्तान्तर गरिएको वाक नेपालका कार्यक्रम ब्यबस्थापक चेतराज जोशीले बताउनु भयो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै उपप्रमुख बुड्थापाले स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तानान्तरण गरेर सहयोग गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो ।
सहयोगले अवश्य पनि भ्याक्सिनेशन क्याम्प सञ्चालन तथा ब्यबस्थापन गर्न सहयोग पुग्नुका साथै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
संस्थाले कोभिड प्रतिकार्यका क्षेत्रमा पनि निरन्तर काम गरिरहेकाले दैनिक सेवा प्रवाहमा खटिने स्वास्थ्यकर्मिहरुमा हुन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य शाखाद्धारा सञ्चालन गरिने भ्याकिशनेसन क्याम्पमा स्वास्थ्य मापडण्ड अपनाउन तथा व्यवस्थापनमा सहयोग पुुग्ने उद्देश्यले नगरपालिकाको स्वास्थ्य शाखालाई सहयोग गरिएको वाक नेपालका कार्यक्रम ब्यबस्थापक चेतराज जोशीले बताउनु भयो ।
हस्तानान्तरण कार्यक्रममा साफेबगर स्वास्थ्य शाखा प्रमुख पुष्प बहादुर बुढा, वाक नेपालका साधारण सदस्य ललित बोगटी, खरिद ब्यबस्थापन अधिकृत अनुजा श्रेष्ठ, लेखा अधिकृत हिमाल बुढा लगाएतको सहभागीता रहेको थियो ।