साँफेबगरका सबै वडा अध्यक्ष एमालेमै रहने

अछाम : नेकपा एमालेबाट निर्वाचित साँफेबगर नगरपालिकाका सबै वडाका वडा अध्यक्ष पार्टि बिभाजनमा नगएर मुल पार्टी एमालेमै रहने भएका छन । नगरपालिकाका ८ वटा वडाबाट एमालेबाट निर्वाचित वडाअध्यक्ष टुटफुटमा नलागी मुल पार्टी एमालेमै रहने भएका हुन ।

नगरमा प्रतिनिधित्व गर्ने सबै वडा अध्यक्षले पे्रस विज्ञप्ती जारी गर्दै पार्टि मुलुकको रक्षाको निम्ती सच्चा, देशभक्त कम्युनिष्टहरु एक ठाउमा उभिनु पर्ने अहिलेको अपरिहार्य आवश्यकता रहेकाले २०७४ सालको स्थानिय तहको निर्वाचनमा सुर्य चिन्हबाट निर्वाचित भएका सबै एकठाउमा उभिएका साँफेबगर नगरपालिका प्रबक्ता समेत रहेका साँफेबगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बालगिरी कुँवरले बताउनु भयो ।

प्रेस बिज्ञप्तीमा वडा नम्बर ४ का अध्यक्ष कुँवर सहीत ५ का उजीर सिंह साउद, ६ का प्रेमराज शर्मा, ८ का टँक बहादुर कुँवर, ९ का धुब्र बहादुर थापा, १० का लाल बहादुर खडका, १३ का सागर सिह सुनार बाब्ली, र १४ का कर्ण बहादुर साउदले हस्ताक्षर सहीत मुल पार्टि एमालेमै रहेको जानकारी गराएका हुन ।

अछाम जिल्लाका ९१ वडा मध्ये २०७४ को स्थानिय तहको निर्वाचनमा ३६ वडामा एमालेका उम्मेद्धार निर्वाचित भएका थिए । हालसम्म जिल्लाका कुनैपनी वडा अध्यक्षले जिल्ला निर्वाचन कार्यालय अछाममा आएर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छैनन ।

सनाखत गरिसक्ने दिन नजिकीदै लाग्दा समेत एकजना वडा सदस्यले मात्र आएर जिल्ला निर्वाचन कार्यालय अछाममा आएर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका छ । सनाखत गर्नेमा चौरपाटी गाउपालिकाका वडा सदस्य भएकाले जनाखत गर्ने जनप्रतिनीधीको परिचय अहीले गोप्य राखिएको जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त प्रमुख गजेन्द्र प्रकाश थारुले बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवरले नेकपा एकीकृत समाजवादी पार्टिको पक्षममा सनाखत गरेतापनी अछामबाट साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवर, चौरपाटी गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउद नेकपा एकीकृत समाजवादीको पक्षमा उभिएपनी हालसम्म निर्वाचन कार्यालयमा गएर सनाखत गराएका छैनन ।

हाल उहाँहरु पार्टि अभियानकै क्रममा काठमाण्डौँमा हुनुहुन्छ । निर्वाचन आयोगले आगामी भदौ २२ गतेसम्म पुरानोदलबाट नयाँ दल रोज्ने ब्याबस्था लागु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button