
कमल रावल, भदौ २० अछाम जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुँवरले सामाजिक क्षेत्रमा काम गर्दै आएको वाक नेपाल संस्थाले समाज परिवर्तनमा अग्रणी भुमिका खेलेको बताउनु भएको छ ।

विभिन्न दातृ निकायको सहाकार्यमा वाक नेपालले संञ्चालन गरेका अभियान उपलब्धी मुलक बन्दै गएकाले आगामी दिनमा निरन्तर प्रभावकारी बन्दै जानुपर्ने कुँवरले बताउनु भयो । पहुँच र सृजनाका लागि सहकार्य नेपाल वाक नेपाल अछामको आर्थिक बर्ष २०७७÷०७८ को सामाजिक लेखा परिक्षण कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै प्रमुख कुँवरले विभिन्न परियोजना मार्फत सुरु भएका हरेक क्रियाकलापमा आफु जोड्दिै आएकाले समाजमा आएको परिवर्तनले खुशि तुल्याएको बताउनुभयो ।

वास्तविक वर्गको क्षेत्रमा कार्यक्रम पुग्न सफल भएकाले हरेक नागरिकले अपनत्वको भावना बिकास गर्दै जानुुपर्ने बताउनु भयो । रेडियो रामारोशनमा प्रत्यक्ष प्रशारण सहीत भएको कार्यक्रममा बिशिष्ट अतिथी मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले वाक नेपालसँग निरन्तर जोड्एिकाले समाजमा आएको परिवर्तन मुल्याकंन गर्न लाएक भएको बताउनुभयो ।
अहीले मंगलसेन नगरपालिकासँग सिमीत कार्यक्रम रहेकाले आगामी दिनमा अझै संस्थासँग समन्वय गर्दै कार्यक्रम थप्दै जाने बताउनुु भयो । शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रलाई प्राथमिकतामा राखेकाले अझै प्रभावकारी बन्दै जाने बताउनु भयो । कृषि, युवाका क्षेत्रका कार्यक्रमका लागी आफ्नो पालिका समन्वय सहकार्य गर्दै अघि बढन तयार रहेकाले वाक नेपाललाई सहकार्य गर्न समेत नगरप्रमुख बोहराले आग्रह गर्नु भयो ।

कार्यक्रमका अध्यक्ष वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरले हरेक क्षेत्रबाट थुप्रै सुझाव सल्लाह प्राप्त भएकाले आगामी दिनमा कार्यक्रम अझै ब्यबस्थित गर्दै लैजाने बताउनु भयो । आफ्नो संस्था मार्फत भएका कार्यक्रम सफल भएकाले लाभान्वीत वर्ग समेत हर्षित भएका बताउनु भयो । परिक्षण कार्यक्रममा टेलिफोन मार्फत तुर्माखाँद गाउपालिकाका अध्यक्ष पुष्पराज शर्मा, कमलबजार नगरपालिका वडा नम्बर ४ का अध्यक्ष ललित ढोली, वल्र्डभिजन ईन्टरनेशनल नेपालका पश्चिम फिल्ड कार्यालयका कार्यक्रम प्रमुख केशबराज भट्टले शुभकामना सहीत सुझाव मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रत्यक्ष टेलिफोन विभिन्न स्रोता र लाभान्वीत ब्यक्तिले वाक नेपाल मार्फत भएका राम्रा कामको प्रशंसा गरेका थिए । सामाजिक परिक्षण कार्यक्रममा ईभेन्ट अडिटको कार्य र बार्षिक बजेटको बारेमा संस्थाका लेखा तथा प्रशासन संयोजक ईश्वर प्रसाद उपाध्याय, आर्थिक बर्ष २०७७÷०७८ को संस्थाको प्रगतिको अवस्था, जनशक्ति, मुख्य उपलब्धि, सिकाई, राम्रा अभ्यास, कोषको विविधताको अवस्था, आर्थिक प्रगति लगायतका विषयमा कार्यक्रम ब्याबस्थापक चेतराज जोशीले जानकारी गराउनुभएको थियो ।

दातृ संस्था युएसएआईडी, युनेस्को, सेभद चिल्डेन, वल्र्डभिजन, मर्सिकोर, आरडब्लु, केएनएच, सप्रोस नेपाल, एनएपी प्लस एनको आर्थिक सहयोगमा वाक नेपाल मार्फत समुदाय स्तरमा यूवा शसक्तिकरण, एच. आई. भी. एड्स, मातृ बाल स्वास्थ्य, शसक्तिकरण र उत्थानशिलताका माध्यम मार्फत महिला तथा किशोर किशोरीको संरक्षण, एचआईभि टिभी, मलरिया बिरुद्ध सचेतिकरण, भकारी, उत्थानशिल जीविकोपार्जन तथा पोषण, युरेका, सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण, युरेका र बृहत यौनिकता शिक्षा परियोजना कार्यक्रम लागु रहेको छ ।
वाक नेपालका उपाध्यक्ष बल बहादुर केसी स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रेडियो रामारोशनका सहायक स्टेशन म्यानेजर कमल रावलले गर्नु भएको थियो ।