साँफेबगरका नगर प्रमुख र उपप्रमुखद्वारा समाजवादीमा सनाखत

अछाम : जिल्लाको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुवँरले नेकपा एकिकृत समाजवादी पार्टीमा रहेको भन्दै आज सनाखत गरेका छन् ।

नगर प्रमुख कुवँर आईतबार जिल्ला निर्वाचन कार्यालय अछाम पुगेर आफु समाजवादी पार्टीमा रहेको भन्दै सनाखत गरेका हुन् ।

यस्तै साँफेबगर नगरपालिकाका नगर उपप्रमुख बिर्मला बुढथापाले पनि सनाखत गरेकी छन् । उनले पनि आफु नेकपा एकिकृत समाजवादीमा रहेको भन्दै जिल्ला निर्वाचन कार्यायल अछाम पुगेर सनाखत गरेकी हुन् ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले नेकपा एमाले बाट अलग भएर नेकपा एकिकृत समाजवादी पार्टी दर्ता गरेसंगै उनिहरुले पनि समाजवादीमै रहेको सनाखत गरेर पुष्टी गरेका छन् ।

नगर प्रमुख कुवँर र उपप्रमुख बुढथापा, चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलका वडा अध्यक्ष हर्क बहादुर लुहार संगै मेल्लेख र चौरपाटी गाँउपालिकाका १२ जना जनप्रतिनिधीले पनि नेकपा एकिकृत समाजवादीमा रहेको भन्दै सनाखत गराएका बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker