अछाममा युवा सूचना केन्द्रको उद्धघाटन

अछाम : अछाम जिल्लामा युवा सूचना केन्द्रको उद्धघाटन गरिएको छ । सदरमुकाम मंगलसेनमा आज युवा सूचना केन्द्र उद्धघाठन गरिएको हो ।

सेभ द चिल्ड्रेन तथा मंगलसेन नगरपालिकाको सहयोग एवं वाक नेपालको सहजीकरणमा अछाम जेसिजले सूचना केन्द्र स्थापना गरेको हो ।

अछाम जेसिजले संचालन गर्ने गरी स्थापना गरिएको युवा सूचना केन्द्रको उद्धघाटन गर्नुहुँदै मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले युवाले हरेक सकारात्म र जीवनोपयोगी कुराको ज्ञान पाई जीवनलाई सकारात्मक बाटोतर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

अछाम जेसीज बर्ष २०२१ का अध्यक्ष अम्मरनाथ न्यौपानेको अध्यक्षतामा भएका कार्यक्रममा नगरप्रमुख बोहराले युवाहरुमा राष्ट्रिय भावनाको विकास गर्दै अघि बढ्नुपर्ने र युवाहरु जागरुक, सचेत र सिर्जनशिल हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय युवा परिषद अछामका अध्यक्ष लिलाराज केसीले युवाहरुको लागि रोजगारी सिर्जना गर्ने कार्यमा सरोकारवाला जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका सह निर्देशक धन भुषालले आफुहरु बिशेष गरी बालबालिकाको क्षेत्रमा काम गरिरहेको र साझेदारी गर्दै अघि बढ्ने आफ्नो ध्येय अनुसार अछाम जेसिजसंग पनि साझेदारी गरेको बताउनु भयो । प्रतिफल प्राप्तिका लागि साझेदारी अनिवार्य भएको भन्दै सूचना केन्द्र स्थापना भएको अब यसको दिगोपनका लागि आवश्यक योजना बनाउनु पर्ने समेत बताउनु भयो ।

उद्धघाटन कार्यक्रममा सेभ द चिल्ड्रेनका परियोजना प्रवन्धक रत्नराज ओझाले सूचना केन्द्रबाट युवाहरुले विभिन्न सूचना पाउने भन्दै यसलाई आगामी दिनमा थप व्यवस्थित र पहुँचयोग्य बनाउँदै लैजान सुझाव दिनुभयो ।

सेभ द चिल्ड्रेन ईटाली तथा बुलगारी परियोजनाको ४ लाख बढी र मंगलसेन नगरपालिकाको १ लाख ७० हजार आर्थिक सहयोगमा युवा सुचना केन्द्र सञ्चालनमा ल्याईएको हो । पुरानो जिल्ला विकास समितिको कार्यालयमा केन्द्र स्थापना गरिएको छ ।

अछाम जेसिजका पूर्व अध्यक्ष टिकेन्द्र भण्डारीको स्वागत मन्तव्य तथा निवर्तमान अध्यक्ष तुलाराम बिसीले जेसिज आस्था पाठ गराउनु भएको कार्यक्रम वाक नेपाल शशक्तिकरण परियोजनाका संयोजक महादेव ओझा, सेभ द चिल्ड्रेनका परियोजना संयोजक ऋषिकेश ढकाल, प्रेम पुन, वाक नेपालका कार्यक्रम संयोजक चेतराज जोशी, अछाम जेसिजका कोषाध्यक्ष दिपिका कुँवर लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन अछाम जेसिजका बर्ष २०२१ का महासचिव टेकराज भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button