अछाममा नगरपालिका प्रमुख, उपप्रमुख, गाउपालिका अध्यक्ष सहीत २७ जनाले नेकपा (एस) रोजे ।।

कमल रावल, भदौ २२ अछाम अछामका २७ जना जनप्रतिनीधीले नेकपा एमाले टुक्रिएपछि बनेको माधव कुमार नेपाल नेतृत्व बनेको समाजवादी रोजेका छन । साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवर, उपप्रमुख बिरमला देवि बुड्थापा, चौरपाटि गाउपालिका अध्यक्ष हर्क बहादुर साउद, वडा अध्यक्ष सहीत सदस्य गरि २७ जना जनप्रतिनीले नेकपा (एकीकृत समाजवादी पार्टी) रोजेका हुन ।

हिजोसम्म १३ जना जनप्रतिनीधीले सनाखत गरेको र आज अन्तिम दिन १४ जना जनप्रतिनीले नेकपा एस रोजेपछी २७ जना पुगेका जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले बताउनु भयो । आज मात्रै नेकपा एमालेका जिल्ला कमिटी सदस्य, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले नेकपा एमाले पार्टी परित्याग गर्दै आज नेकपा (एकीकृत समाजवादी पार्टी) रोज्नु भएको छ । नेकपा एमाले टुक्रिएपछि बनेको माधव कुमार नेपाल नेतृत्व बनेको समाजवादी रोज्नु भएको छ ।

निर्वाचन आयोगले दल रोज्न दिएको अन्तिम दिन आज अध्यक्ष साउद निर्वाचन कार्यलयमा पुगेर नेकपा(एकीकृत समाजवादी पार्टी) को पक्षमा सनाखत गर्नु भएको छ । यस्तै चौरपाटी गाउँपालिका वडा नं ३ गगुडाका वडा अध्यक्ष सहित चार जना जनप्रतिनिधिले पनि आज निर्वाचन कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी पार्टी) को पक्षमा सनाखत गर्नुभएको छ ।

वडा नं ३ गगुडाका वडा अध्यक्ष रामबहादुर साउद, वडा सदस्य तथा न्यायिक समिती सदस्य बिरेन्द्र साउद, नरबहादुर साउद, लालमति साउद लक्ष्मि टमट्टाले पनि समाजवादी पार्टी पक्षमा सनाखत गर्नु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १४ कालगाउका ३ जना वडा सदस्यले समेत निर्वाचन कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी पार्टी) को पक्षमा सनाखत गरेका छन ।

वडा सदस्य जयसिंग बोहरा, मथुरा रेग्मी र मिना तिरुवाले सनाखत गरेका हुन । भाद्र २० गते साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर, उपप्रमुख बिर्मला देवि बुड्थापाले पनि निर्वाचन कार्यालयमा पुगेर नेकपा(एकीकृत समाजवादी पार्टी) को पक्षमा सनाखत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker