कर्मचारीका विचमा सानो माछा र ठुलो माछाको जस्तो भूमिकाको अन्त्य हुनुपर्नेः रहेको साँसद बोगटी

अछाम २३ भाद्र ।

अछाम क्षेत्रनम्वर २ का प्रतिनिधिसभा सदस्य यज्ञ बहादुर बोगटीले कर्मचारीका विचमा सानो माछा र ठुलो माछाको जस्तो भूमिका रहेकोले यसको अन्त्य गरिनुपर्ने बताउनुभएको छ ।

सदरमुकाम मंगलसेनमा भएको अस्थाई करार तथा ज्यालादारी कर्मचारी हकहित मंचको जिल्ला स्तरिय भेलामा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । साँसद बोगटीले बिगत देखीनै कानुनमा करार कर्मचारीहरुलाइ बिभेदकारी व्यवस्था रहेको भन्दै यसलाइ आमूल परिवर्तन गर्न जरुरी रहेको बताउँनुभयो । आफुले सदनमा ऐन संसोधनका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्दता जनाउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले करार कर्मचारीहरु आफ्नो हक अधिकारका लागि संगठित हुनु सान्दर्भीक रहेको भन्दै बिभेदकारी नीतिको अन्त्य गरिनुपर्ने बताउनुभयो । यस्तै अर्का बिशिष्ट जिल्ला समन्वय समिति उपप्रमुख टोप बहादुर रावलले करार कर्मचारीहरुका मागहरु जायज र सान्दर्भीक रहेकोले सरकारले बिभेदकारी नीति परिमार्जन गरिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले कानुनी बाधा अड्चनका कारण करार कर्मचारीहरु पिडामा रहेको भन्दै कानुन परिमार्जन गरि पेशागत सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताउनुभयो । यस्तै रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले करार कर्मचारीहरुले नै सबैभन्दा बढी काम गर्ने तर सेवासुविधा बिहिन हुनुपर्ने दुःखद अवस्था रहेको बताउनुभयो ।

कर्मचारीहरुलाई आफ्नो अधिकारका लागि एकताबद्द भएर लड्न आग्रह गर्दै उपाध्यक्ष रावलले आफ्नो पूर्ण साथ सहयोग रहने उल्लेख गर्नुभयो । अस्थाई करार तथा ज्यालादारी कर्मचारी हकहित मंच सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष कमल बहादुर बुढाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा करार कर्मचारीहरुको तर्फबाट कृष्ण देवकोटाले जानकारीमूलक मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा पवित्रा भण्डारीले स्वागत मन्तब्य राख्नुभएको थियो भने संचालन होम साउदले गर्नुभएको थियो । यसैविचः जिल्ला भेलाको बन्दसत्रले कृष्ण देवकोटाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button