वाक र आस्था नेपालद्धारा सन्चालित कार्यक्रमको समिक्षा

कमल रावल, भदौ २३ अछाम वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा वाक नेपाल र आस्था नेपालबाट सन्चालित परियोजनाको अनुगमन पश्चात जिल्ला परियोजना सल्लाहकार समितिको समीक्षा बैठक सम्पन्न भएको छ । जिल्लाको कमलबजार नगरपालिका, पन्चदेवल विनायक नगरपालिका, साफेबगर नगरपालिका र मेल्लेख गाउपालिकामा वाक र आस्था मार्थत सन्चालित विभिन्न परियोजनाको समीक्षा गरिएको हो ।

कार्यक्रमको अध्यक्ष सहित समापन गर्दै जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले सस्था मार्फत भएका कार्यक्रम प्रभावकारी नै भएका बताउनु भयो । आगामि दिनमा हरेक कार्यक्रमको स्थानिय तहले समेत अपनत्व ग्रहण गर्नुपर्ने बताउनु भयो । सस्थाले हरेक सुझावलाई ग्रहण गर्दै अझै कार्यक्रम ब्यबस्थित बनाउदै लिनुपर्ने कुवरले सुझाव दिनु भएको थियो ।

अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले सिमित स्रोत साधनमा पनि हरेक नागरिकका आवश्यकता पूरा हुँदै गएका बताउनु भयो । मानवका आवश्कता असिमित हुने भएकाले उपलबध स्राेत साधनलाई सहि सदुपयोग गर्नुपर्ने बताउनु भयो । हरेक सरकारका परिपुरक संस्था भएकाले स्थानिय सरकारले मुल्याकन सहित प्रशंसा जहिले पनि गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा मेल्लेख गाउपालिकाका उपाध्यक्ष धन बहादुर शाहीले साझेदार संस्था मार्फत स्रहानिय कार्य आफ्नाे पालिकामा हुँदै आएको बताउनु भयो । शिक्षा, बालबालिका र जिविकोपार्जन तिर गरेको कामको प्रशंसा गर्दै अझै प्रभावकारि बनाउन सहयोग गर्दै जाने बताउनु भयो । कार्यक्रममा सहयोगी दातृ निकाय वर्ल्ड भिजनका सुदुरपश्चिक संयोजक केशवराज भट्टले दशक देखि सहयोग गर्दै आएकाले अब उपलब्धिको समीक्षा गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

आस्था नेपाल मार्फत एकीकृत बाल सँरक्षण तथा संग्लनता परियोजना सहित समग्र कार्यक्रमको बारेमा संस्थाका कार्यक्रम ब्याबस्थापक भिम खत्री र रुपक चन्दले जानकारी गराउनु भएको थियो । कार्यक्रम गरिरहदा अझै पनि समाजमा बालविवाह, छाउपडि प्रथा मान्ने, सकारात्मक अभिभावकत्वको लगाएतका समस्या रहेका पाईएको छ । वाक नेपाल मार्फत उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना मार्फत समुदायमा सन्चालित कार्यक्रमको उपलब्धि बारेमा परियोजना संयोजक दिलिप बोहराले जानकारी गराउनु भएको थियो ।

सोही कार्यक्रममा यसअघि कोरोनाभाईरसको संक्रमण तथा जोखिमको समयमा रेडियोको माध्यमबाट बाल विवाह न्युनिकरणमा सरोकारवालाको भुमिका बिषयक कार्यक्रमका विजेतालाई पुरुस्कार वितरण गरिएको थियो । जसमा प्रथम कमला बिष्ट, द्धितिय बिन्दु साउद, तृतिय समीक्षा बोहरा र सान्त्वना सौरभ खतिवडालाई नगद पुरुस्कार सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोप बहादुर रावल, तुर्माखाद गाउपालिका अध्यक्ष पुष्पराज शर्मा, कमलबजार नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खडग बहादुर बिष्ट, वाक नेपालका अध्यक्ष मीन बहादुर कुवर, आस्था नेपालका अध्यक्ष निर्मला रावल लगाएतका अतिथि रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button