मंगलसेन नगरपालिकामा चालु आ.व. को दोस्रो बोर्ड बैठक सम्पन्न ।

होम साउद, अछाम २५ भाद्र ।

मंगलसेन नगरपालिकाको चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो बैठक सम्पन्न भएको छ । नगर प्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा बैठक बसि बिभिन्न निर्णय पारित गरिएको हो । बैठकले महाँलेखा परिक्षकको प्रतिवेदन २०७८ माथि छलफल गर्नुका साथै बेरुजु घटाउने र सम्वन्धित व्यक्ति तथा शाखालाई जिम्मेवार बनाउने निर्णय गरेको छ ।

यस्तै, चालु आर्थिक वर्षमा संचालन हुने योजनाहरु मंसिर भित्र सम्झौता गरिसक्ने तथा जेठ मसान्त भित्र सम्पन्न गरिसक्ने निर्णय गरिएको छ ।

बैठकले विद्यालय संचालन ढाँचा -२०७७ बमोजिम भाद्र २७ देखी नियमित पठनपाठन कार्य संचालन गर्ने, कक्षा ६ देखी १२ सम्मका विद्यार्थिलाई सिकाई सहजिकरणका लागि ई-लाईब्रेरी स्थापना गर्ने, बिभिन्न संघ संस्थालाई नगर क्षेत्रमा कार्यक्रम संचालन गर्न अनुमती दिने र बिपन्न एवं दलित नागरिकका लागि फलामे रकेट चुलो जडान गर्ने निर्णय पारित गरिएको छ ।

बैठकमा नगर उपप्रमुख सरिता उपाध्याय, सबै वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । बैठकको सहजिकरण प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नुभएको नगरपालिकाका सूचना अधिकारी बिष्णु जैशीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button