अछाममा सर्पको टोकाइबाट बालकको मृत्यु

अछाम : अछाममा विषालु सर्पले टोक्दा एकजना बालकको मृत्यु भएको छ ।

जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ३ का ११ वर्षिय बालक गणेश बुढाको बिषालु सर्पले टोक्दा मृत्यु भएको हो ।

सोमवार राति करिव ४ बजे तिर घरमा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको मृतकका आफन्त नमराज बुढाले बताउनु भएको छ ।

मृतक बुढालाई उपचारका लागि अस्पताल  लैजाने तयारी गर्दा गर्दै बालकको मृत्यु भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker