
अछामको साँफेबगर देखि सुर्खेत हुदैँ काठमाण्डौँ बस सेवा संचालन हुने
अछाम : सुन्दर सुदूरपश्चिम यातायात प्रा.लीद्धारा अछाम काठमाण्डौँ बसे सेवा संचालन हुने भएको छ । यहि असोज ३ गते देखि अछामको साँफेबगर देखी सुर्खेत हुदैँ प्रा.ली द्धारा डिलक्स बस संचालन हुन लागेको हो ।
यसअघि अछाम देखि धनगढी हुदैँ काठमाण्डौँ बस सेवा संचालनमा आएपनि अछाम देखि सुर्खेत हुदैँ काठमाण्डौँ बस सेवा पहिलो पटक संचालन हुन लागेको हो ।
अब असोज ३ गते देखि दैनिक अछामको साँफेबगर, मंगलसेन, बिनायक, साईलोखा, दैलेख, सुर्खेत, कोहलपुर हुदैँ काठमाण्डौँ सम्म सुबिधायुक्त डिलक्स बस सेवा संचालनमा आउन लागेको सुन्दर सुदूरपश्चिम यातायात प्रा.ली अछाम शाखा ईन्चार्ज राजेश बावु बोगटीले बताए ।
ईन्चार्ज बोगटीका अनुसार सेवाग्राही यात्रुमहानुभावहरुको मागलाई मध्यनजगर गर्दै अछाम देखि काठमाण्डौँ सम्म यात्रा गर्न छोटो दुरी सुर्खेत हुदैँ बस सेवा संचालन गर्न लागिएको हो ।
यात्रका लागि सम्पर्क व्यक्ती राजेश बाबु बोगटी ९८४८४११२११ र दिपेन्द्र साँउद ९८४८६२११९७ मा सम्पर्क गर्न सकिने प्रा.ली.ले जनाएको छ ।


