२ महिनादेखि सरकार विस्तार गर्न नसक्नेले राजिनामा दिनुपर्छ : भीम रावल

टेकराज भण्डारी, भदौ ३१, अछाम नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद कुरा भएको बताउनु भएको छ ।

नेकपा एमाले विभाजन पछि पहिलाेपटक अछाम आउनुभएका एमाले उपाध्यक्ष रावलले सदरमुकाम मंगलसेनमा आयाेजित अगुवा कार्यकर्ता भेलामा बाेल्दै लाेकतन्त्र, विधिकाे शासन, अग्रगमन भन्दै वकालत गरेर सरकारमा गएकाहरु देश र जनताप्रति उदासिन भएको आराेप लगाउनु भयाे ।

“दुई महिनादेखि सरकार विस्तार भएको छैन, सत्ता साझेदार दलहरू बढी कमिशन आउने मन्त्रालय ताकेर बसेका छन्, याे जनताप्रतिकाे चरम उदाशीनता हाे” नेता रावलले बताउनु भयाे ।

उहाँले थप्नुभयाे, “नेपालमा प्रजातान्त्रकाे स्थापना तथा बजेट जारी गर्ने प्रक्रिया शुरु भए देखि हालसम्म नभएको घटना भएको छ । बजेट संसदबाट पारित हुन नसकि अब सरकारले खर्च गर्न नपाउने अवस्था आएकाे छ, याे भन्दा दुःखपूर्ण अरु के हुन्छ।

” एमाले उपाध्यक्ष रावलकाे भनाइ छ । अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै नेता रावलले आफुले जहिले पनि निःस्वार्थ रुपमा देश र जनताकाे भलाई, पार्टीको हित तथा राष्ट्रियताकाे पक्षमा आवाज उठाईरहेकाे प्रष्टाेक्ति दिनुभयाे । दुई नेता (केपी र माधव) वीच सहमति भई पार्टीलाई मिलाउनुपर्छ भनेर कार्यदल बनाएदेखि आफुले पार्टी एकताकै लागि काम गररहेकाे जिकिर गर्दै पार्टी टुटफुटकाे पीडा सिंगाे देश र एमालेले नराम्राेसंग भाेगिसकेकाले पार्टी विभाजन कुनै हालतमा देश हितमा नरहेकाे धारणा राख्नुभयाे ।

आफुले विषय र गुणदाेषका आधारमा बाेल्ने गरेकाे तर राष्ट्रियता, स्वाधीनता र अखण्डता पार्टी भन्दा माथि रहने पूर्व उपप्रधान, गृह तथा रक्षा मन्त्री रहनु भएका नेता रावलकाे भनाइ छ । “हरेक देशभक्त व्यक्तिले राष्ट्रियता, स्वाधीनता तथा अखण्डतामा प्रश्न उठ्ने बेला देशलाई माथि राख्नुपर्छ ” नेता रावलकाे भनाइ छ ।

आफुले बर्षाैदेखि माया गरेका र भराेसा गरेकाे एमालेको पंक्ति एमालेमै रहेको भन्दै पार्टी त्यागेकाहरुलाई समयले नै जवाफ दिने बताउनु भयाे । एमाले जिल्ला उपाध्यक्ष नन्दसिंह कडायकाे अध्यक्षतामा भएको कार्यक्रममा नेता कार्यकर्ताकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भरत साउँद, बम बिसी, कृष्ण प्रसाद जैसी, अनेरास्ववियु केन्द्रीय सदस्य डम्बर विसी, एमाले जिल्ला सचिवालय सदस्य सरिता उपाध्याय लगायतले मन्तब्य राख्नुभएको थियाे ।

अध्यादेशबाट एमाले विभाजन भए पछि अछाममा एमालेबाट निर्वाचित स्थानीय तहका २ सय १५ जना जनप्रतिनिधि मध्ये २७ जनाले नेकपा (एकीकृत) समाजवादीमा शनाखत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker