
कमल रावल अछाम : ८ औँ राष्ट्रिय परिवार नियोजन दिवस २०७८ मंगलसेन नगरपालिकाले एक कार्यक्रमका बिच मनाएको छ ।
“कोभिड १९ को महामारी, परिवार योजना सेवामा सबैको पहुँच बराबरि“ भन्ने नाराका साथ भएको कार्यक्रममा परिवार नियोजनका साधनको प्रयोग, यसको नगरमा उपलब्धताको बिषयमा छलफल गरिएको थियो ।
नगर उपप्रमुख सरिता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोप बहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि रावलले परिवार नियोजनका साधनका बारेमा सबैलाई थाहा भएपनि अझै प्रयोग दर बृद्धि हुन नसकेकाले सबैले प्रयोग दर बढाउन भुमिका खेल्नु पर्ने बताउनु भयो ।
मंगलसेन नगरपालिकामा प्रत्येक एकसय दम्पतिमा ३२ जनाले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको, एकसयमा २३ जनाले कण्डम प्रयोग गर्ने गरेका नगर स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारीले बताउनू भयो ।
हाल नगरपालिका भरिमा जम्मा २ सय ९० जनाले पिल्स, ६ सय ७२ जनाले डिपो, ८५ जनाले आयुसिडि, ईम्प्लान्ट १ हजार २९ जनाले प्रयोग गरिरहेका सोडारीले जानकारी दिनु भयो । गत वर्षको तुलनामा परिवार नियोजन साधनको प्रयोगकर्ता बढदै गएको बताउनु भयो ।
बिशेष ग्रामिण स्तरमा समुदायसंगै घुलमील भएर काम गर्ने महीला स्वयंम सेविकाले पहीले भन्दा आजभोली परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या बृद्धि भएको बताएका छन ।
मंगलसेन नगरपालिकाको आयोजना तथा युएनएफपिए र फाया नेपाल धनगढीको सहयोगमा भएको कार्यक्रममा वडा नम्वर ३ का अध्यक्ष पदम सिंह भाट, कार्यपालिका सदस्य पारु नगार्जि, जिल्ला अस्पताल अछामका नर्सिङ ईञ्चार्ज गंगा बुढामगर, युएनएफपिए अछामका प्रमुख भरत गोतामे, पत्रकार, महिला स्वास्थ्य स्वंयम सेविकाको सहभागीता रहेको थियो ।
स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारिले स्वागत सहित परिवार नियोजनको अवस्थाबारे जानकारि गराउनु भएको कार्यक्रमको संन्चालन स्वास्थ्य शाखाका उपसंयोजक ज्ञानु माझिले गर्नुभएको थियो ।
सबै महीला दिदिवहीनी शिक्षित समेत बन्दै गएकाले कुनै लाज नमानेर खुलेर आउने गरेका मंगलसेन नगरपालिका वडा नम्बर ९ का महीला स्वयमसेविका भरु देवि रावलले बताउनु भयो ।
हरेक बैठक, आमासमुहको छलफलमा समेत आफुहरुले परिवार नियोजनका साधनको प्रयोगका बारेमा छलफल गर्ने गरेको जानकारी दिनु भयो ।