कमल रावल असोज २ अछाम जिल्लाको मेल्लेख गाउँपालिकाले आफ्नो कार्यकालको ४ बर्ष अवधिमा गरेका उपलब्धीको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । जनताको माझमा चुनावताका समयमा गरेका प्रतिबद्धता अनुसार क्रमिक रुपमा काम भईरहेको गाउँपालिकाले जनाएको छ ।
४ बर्षको अवधिमा शिक्षा, स्वास्थ्य, विद्युतिकरण, भौतिक पुर्वाधार निर्माण, ग्राम उद्योग स्थापना लगाएतका उल्लेख्य काम भएका गाउपालिकाका अध्यक्ष लोक बहादुर बोहराले बताउनु भयो । प्राथमिकतामा राखेको गाउपालिकाको प्रशसनिक भवन, वडा कार्यालयका भवन सम्पन्न सहीत स्वास्थ्यका संरचना धमाधम निर्माण भईरहेका बताउनु भयो ।
सुदुरपश्चिमको पहाडी जिल्लामै उपलब्धीको रुपमा स्थापना भएको ग्राम उद्योग, १५ शैयाको अस्पताल स्थापना भएको अध्यक्ष बोहराले बताउनु भयो । लालपुर्जा नागरिकलाई लालपुर्जा वितरण, साफेबर देखी आफ्नै गाउपालिकासम्म बस सेवा संञ्चालन गरेको बताउनु भयो । अझै पनी बाकी कार्यकालको ६ महीनासमेत गाउपालिकाको बिकासमा खर्चिने बताउनु भयो ।
६ महिनाको अवधिमा समेत थुप्रै काम गर्न सकिने भएकाले सबैले साथ सहयोग गर्नुपर्ने बताउनु भयो । गाउपालिकाको हरेक उपलब्धिमा जनता समेत हकदार भएकाले अझै दिगो प्रगतिमा सबैले साथ दिनुपर्ने बताउनु भयो ।
पत्रकार सम्मेलनमा गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाहीले न्यायिक समीती मार्फत भएका कार्यसम्पादनका काम र बिकास निर्माणको क्षेत्रमा गरिएको अनुगमनको उपलब्धी बारे जानकारी गराउनु भएको थियो । अझै न्यायिक समितिमा न्याय माग्नका लागि कोहि नआएकाले सबै वडाअध्यक्षलाई भुमिका खेल्न आग्रह गर्नु भयो ।
वडा नम्बर ६ का अध्यक्ष तथा समाजिक बिकास समितीका संयोजक नरपती रावलले पहिलो बर्ष खानेपानी तथा शिक्षालाई प्राथमिकता दिएको बताउनु भयो । शिक्षा क्षेत्रका अभावलाई पुर्ति गर्दै गाउपालिका अघि बढेकाले अझै हरेक क्षेत्रका समस्या समाधान गर्दै जाने रावलले बताउनु भयो । गाउपालिकाको बिकासका लागि राजिनितकदल, सरोकारवाला सबैले साथ दिनुपर्ने बताउनु भयो ।