गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

आज गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहे पनि मनसुन निष्क्रिय रहेकाले अन्य क्षेत्रमा खासै पानी नपर्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार आज पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

अहिले नेपालमा भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । मौसमविद्ले अबको एक/दुई दिनको मौसम यस्तै रहने बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button