अभिकर्तालाई पुनर्ताजगी तथा सम्मान

आनन्द साउद, असाेज ९, अछाम एशियन लाईफ इन्स्याेेरेन्स कम्पनी लिमिटेड मंगलसेन उपशाखाकाे आयाेजनामा अभिकर्ता पुनःताजगी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका विभिन्न ठाउँका अभिकर्ताहरुलाई पुनर्ताजगी गरि कम्पनीका बारेमा जानकारी गराईएकाे हाे ।

टेकराज भण्डारी

कार्यक्रमका प्रमुख अतिथि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय मंगलसेनका सञ्चालिका आदरणीय दिदी ब्रह्माकुमारी कविता हुनुहुन्थ्यो । उहाँले अभिकर्तालाई टीका र खादा लगाई सम्मान गर्नुभयाे । सम्मानित अभिकर्ताहरुमा टेकराज भण्डारी, मीन बहादुर भण्डारी, खगेन्द्र प्रसाद भाट, सिद्धराज भाट, बिक्रमसिंह बिष्ट, मंगला ढुंगाना, भावना केसी रहेका छन् ।

कार्यक्रममा अभिकर्ताहरुलाई कम्पनी तथा कम्पनीका नयाँ याेजनाका बारेमा एशियन लाईफ इन्स्याेरेन्स कम्पनी उपशाखा मंगलसेनका प्रमुख गाेकर्ण भाटले जानकारी गराउनु भएकाे थियाे । उहाँले बीमा बचत तथा जाेखिम बहनका लागि अनिवार्य भएको भन्दै सबैलाई बिमामा जाेड्न आवश्यक रहेको बताउनु भयाे ।

कार्यक्रममा जिल्लाका विभिन्न ठाउँका अभिकर्ताका साथै संघसंस्थाका प्रतिनिधिकाे सहभागिता थियाे । काेभिड-१९ का कारण थप सम्पूर्ण अभिकर्तालाई बाेलाउन नसकिएकाे र आगामी दिनमा जिल्लाका विभिन्न ठाउँमा यस्ता कार्यक्रम गरि बिमाबारे जानकारी गराउने उपशाखा प्रमुख भाटले बताउनु भयाे ।

कार्यक्रममा उपशाखा कार्यालय मंगलसेनका गाेपाल केसी, लगायत १८ जना अभिकर्ताको सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button