एमाले केन्द्रीय कमिटी बैठकमा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने सुझाव

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्र हुन पाउने र ७० वर्षे उमेरहदको व्यवस्था कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।

विधान महाधिवेशनका लागि प्रस्तुत तीन वटा दस्ताबेजमाथि समूहगत छलफल गर्दा नेताहरुले यस्तो सुझाव दिएका एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । समूहका नेताहरुले दिएको सुझावमा नेताहरुको व्यवस्थापनका लागि ७ उपाध्यक्ष राखेर प्रदेश इञ्चार्जकाे भूमिका दिनुपर्ने सुझाव पनि रहेको छ ।

यस्तै पोलिटब्युरो कायम राखेर केन्द्रीय सचिवालय नराख्न सदस्यहरुले सुझाव दिएका छन् । बैठकमा नेताहरुले आउँदो चुनावमा बहुमत ल्याउने गरी तयारीमा जुट्नुपर्नेमा जोड दिएका प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । छलफलका लागि बनाइएका १० वटा समूहहरुले सुझाव दिएका र भोलिको बैठकमा थप प्रस्ट पारेपछि अध्यक्ष केपी शर्मा ओलीले समूहबाट आएका सुझावबारे सम्बोधन गर्नुहुने प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button