सामाजिक सेवा नै राजनिती भएकाले राजनितिक यात्रा सुरु गरेको हुः डाक्टर सन्तोष उपाध्याय

कमल रावल, असोज १४ अछाम २०१९ का मिस्टर नेपाल, २०२० का मिस्टर सुपर स्टार र सन २०२१ मा पोल्याण्ड सुप्रानेशनल थर्ड रनरअप बन्न सफल डाक्टर सन्तोष उपाध्यायले आफुले राजनितिक यात्रा सुरुवात गरिसकेको बताउनु भएको छ । सामाजिक सेवा नै राजनितिक यात्रा भएकाले आफ्नो जन्म थलो अछाममा सघर्षका साथ राजनितिक यात्रा सुरु हुने बताउनु भएको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ कृष्काटिया घर भएका डाक्टर उपाध्यायले रेडियो रामारोशनसँग कुराकानी गर्दै नेपाली काग्रेसको १४ औँ महाधिबेशन सुरु हुनै लाग्दा क्षेत्रिय प्रतिनीधी समेत बनिसकेकाले महाधिबेशन प्रतिनीधीको तयारीमा आफु लागेकाले फरक तरिकाले अछाममा राजनितिक गर्ने बताउनु भएको छ ।

एमबिबिएस पढाई सकेर २०७५÷०७६ मा पहीलो पटक अछामको कमलबजार प्राथमिक सेवा केन्द्रमा करिब १४ महीना सेवा दिरहदा अछामका थुप्रै समस्याको बारेमा जानकार भएकाले अब समाधानका लागी योजना बद्ध तरिकाले अघि बढने बताउनु भयो ।

२ बर्ष पहीले मंगला नेरा मावि वलिगाउ र कमलबजार नगरपालिकाको एक माध्यामिक विद्यालयमा पुस्तकालय स्थापनाको अभियान थालेकाले यसपाली समेत जिल्लाका अन्य माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने जानकारी दिनु भयो ।

एक अर्को प्रंसगमा बोल्दै डाक्टर उपाध्यायले अछामी भनेर चिनाउन पाउदा आफु गौरवमानित भएको बताउनु भयो । आफुले उपलब्धी हासिल गरेका हरेक मंञ्चमा अछाम जोडिने भएकाले अछामलाई चिनाउने अभियान कहील्यै नरोकीने बताउनु भयो ।

अछामको बिकासले फडको मार्न नसकेको प्रती संकेत गर्दै अब योजनाबद्ध तरिकाले अघि बढन आवश्यक रहेको बताउनु भयो । ३० बर्षको उमेरमा राजनीतीक यात्रा आफुले शुभारम्भ गरिसकेकाले हरेक काममा आफु सफल हुदै गएकाले आगामी दिनमा सफल बन्दै जाने दाबि समेत गर्नु भयो ।

यतिबेलाको समय बोलेर नभई गरेर देखाउने बेला भएकाले अछामको माटोमा सघर्षको यात्रा आगामी अघि बढने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button