
नेपाल लाईफ बिमा कम्पनीद्धारा मृत्यु दाबी रकम मृतकका आफन्तलाई भुक्तानी ।।
कमल रावल असोज १४ अछाम नेपाल लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय मंगलसेन अछामले मृत्यु दाबी रकम मृतकका आफन्तलाई भुक्तानी गरेको छ ।

बिमा कम्पनीमा बिमित बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घरभई मंगला नेरा मावि वलिगाउका प्राधानाध्यापक बम बहादुर थापाको मृत्यु भएपछी दाबि रकम उहाँकी श्रीमती पार्वती थापालाई हस्तान्तरण गरिएको हो ।
मृतक थापाकी श्रमती पार्वतीलाई ९ लाख ६९ हजार बराबरको चेक उपशाखा प्रमुख पदम बहादुर थ्यायत, एजेन्सी मेनेजर ईश्वर बहादुर रावलले हस्तान्तरण गर्नु भएको शाखाका कर्मचारी सनत न्यौपानेले बताउनु भयो ।
गत बैशाखमा २२ गते कोरोना संक्रमणका कारण मृत्यु भएका प्राधानाध्यापक थापाले नेपाल लाईफमा ८ लाख बराबरको बिमा गरेकोमा ४ वटा किस्ता भर्नु भएको थियो ।