अछाममा उच्च रक्तस्राबका कारण महिलाको मृत्यु

अछाम : उच्च रक्तस्राबका कारण अछाममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्वर १ रहफकि पुर्णकला बिकको मृत्यु भएको हो ।

बिहिबार बेलुकी प्रशब पिडा भएपछि रहफ स्वास्थ्य चौकि लगिएकी बिकको आज बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य चौकिका अनमी गीता लम्सालले जानकारी दिनुभयो ।

घरमा ब्यथा लागेकी बिकलाई स्वास्थ्यचौकि लगिएकोमा रक्तस्राबका कारण बच्चा जन्माउन नसक्दा मृत्यु भएको बताईएको छ ।

भौगोलिक बिकटताका कारण समयमै सुबिधा सम्पन्न अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो ।

यसअघि यस्ता प्रकृतिका बिरामी महिलाहरुका लागी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टर मार्फत उद्धार गरीदैँ आएकोमा आजको घटना आफुलाई समयमै जानकारी नभएकोले बिकलाई बचाउन नसकिएको मल्लले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button