कुखुरापालनमा रमेका दाजुभाईः “कोरोनाले गाउँ फर्कायो, गाउँमै व्यवसायीव वने”

कमल रावल, अछाम १८ असोज ।

प्राय नेपाली युवाको सपना हो बिदेश । धेरै पैसा कमाउने योजनाका साथ उर्जाशिल उमेरमा कयौं नेपालीहरु विभिन्न देशहरुमा रोजगारीको लागि जाने गर्दछन । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ९ का सन्तोष रावल पनि २०७६ सालको बैशाख महीनामा धेरै पैसा कमाउने योजनाका साथ साउदी अरब लागे ।

२८ बर्षीय सन्तोषले थोरै काम गरेपनी धेरै पैसा आउने विश्वास गरेका थिए । साउदी अरब जानका लागी उनले जसोतसो जोहो गरेर म्यानपावरलाई १ लाख ५० हजार तिरेका थिए । तर जसरी नेपालबाट जाने बेला मन मष्तिस्कामा सुनौलो भविष्य र आर्थिक उन्नतीको सोच वनाएका थिए, त्यहाँ पुग्दा त्यसो भएन ।

साउदी अरब पुगेर काम सुरु गर्दा महीनाको खाना खर्च आफैले तिर्ने गरि जम्मा कम्पनीले ३० हजार मात्र दिने दियो । त्यसमा पनी ५ हजार महिनामा खाना खर्च हुन्थ्यो भने वचत हुने भनेको २५ हजार मात्रै थियो । त्यहाँ सन्तोषले जसो तसो करिब १० महिना कडा परिश्रम गरे । यहि विचमा कोरोना महाँमारि विश्वभरी भुसको आगोझैं फैलिरहेको थियो । कोरोनाका कारण सवैतिर लकडाउन हुदा सन्तोषको ५ महीना काम नगरेरै कोठामै वित्यो । “साउदी अरवको करिब २ बर्षको वसाइमा मैले १९ महीना मात्रै काम गर्न पाएं” सन्तोष भन्छन “त्यस वाफत मैले जम्मा ५ लाख ७० हजार कमाएको थिएं, खाना खर्च कटाएर जम्मा ४ लाख ७५ हजार मात्रै जम्मा गर्न सकियो ।”

सन्तोष रावलले विदेशबाट फर्किएर संचालन गरेको ब्रोईलर कुखुरा फार्म ।

साउदीमा सोचे जस्तो कमाई नभएरै भिसाको अवधि सकिएपछी कोरोनाको बिचैमा २०७८ बैशाखमा सन्तोष स्वदेश फर्किए । गाउँ फर्किएपछी केही समय घरमै एकान्तवास बसेर सन्तोष विगतमा दाजुभाईले संञ्चालन गरेको कुखुरापालन व्यवसायतिर अग्रसर बने । गाउँमा पहीले नै करिब ५ लाखको लगानीमा परिवारले बनाएको आधुनीक कुखुरापालन खोरमा कोरोनाले नै रोजगार गुमाएका आफ्ना २६ बर्षिय भाई विनोद रावललाई समेत संलग्न गराएर सन्तोषले ब्रोईलर कुखुरापालन सुरु गरेर व्यवसायीक जीवन अगाडी बढाएका छन । २ दाजुभाईले संञ्चालन गरेको ब्याबसायमा घर परिवार सहित सबै आफन्तजनले समेत साथ सहयोग गरिरहेका छन ।

पहिलो चोटी ५ सय ब्रोईलर कुखुरा खोरमा हालेर पालपोषण तथा उपचार सम्ममा ४५ दिनको अवधिमा झण्डै २ लाख २५ हजार लगानी भएको उनले बताए । व्यवसाय सुरु गरेको ६० दिनमै गाउँमा आफ्नै मेहनतले गर्दा जम्मा ३ लाख ५० हजार बराबरको ब्रोईलर कुखुराको व्यावसायीक उत्पादन गरि जम्मा गर्न सफल भएपछी रावल दाजुभाई दंग छन । २ महीनामा लगानी छोडेर करिब १ लाख आम्दानी भयो । खुसी हुँदै सन्तोषले भने “२ भाई कुखुरापालनमा जमेर लागेका छौँ, सोच्छु विदेशमा २४ महिना विताएर हातमा ५ लाख आयो तर आफ्नो ठाउमा २ महीनामा १ लाख आम्दानी गर्न सफल भईयो, अब यसमै जमेर काम गर्नेछौं ।”

सन्तोष रावल

सन्तोषका दाजुभाईले अहीले ७ सय नयाँ चल्ला खोरमा राखिसकेका छन भने बंगुर पालन समेत सुरु गरेका छन । सन्तोष भन्छन – “गाउँमा व्यवसाय सुरु गरेको ३ महीना जती भयो, राज्य र सरोकारवाला पक्षको सहयोग मिले व्यवसाय थप्दै जाने सोच छ ।” अव विदेश जाने सोच पटक्कै नभएको भन्दै दुबै दाजुभाईले स्वदेशमै पसिना बगाएर सफल हुने योजना बनाएको सन्तोषले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker