
अछाममा ७ दिन देखि बेपत्ता एक युवक मृत भेटिए
अछाम : ७ दिन देखि बेपत्ता अछामका एक युवक मृत भेटिएका छन् ।
नेपाली काग्रेस अछाम क्षेत्र नंबर २ अंतर्गत क्षेत्रीय प्रतिनिधि समेत रहेका चेतनाथ जैशी मृत भेटिएका हुन् ।
जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ७ खेताडा निवासि जैशी आफ्नै गाउँ नजिकै सिमसल्ली भन्ने ठाउँमा मृत भेटिएका स्थानिय प्रकाश भण्डारीले जानकारी दिनुभयो ।
मृत भेटिएका जैशी ३ गते राती १२ बजे घर बाट निस्के देखि घर परिवारको सम्पर्कमा आएका थिएनन् ।
उनको मृत्यु के कति कारणले भएको जानकारी खुला सकेको छैन ।