नेपाल इरानसँग ४–० ले पराजित

काठमाण्डाै – २३ वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपाल इरानसँग पराजित भएको छ । 

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल मैदानमा आज भएको खेलमा नेपाल चार–शून्य गाेल अन्तरले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा चार गोल खाएको हो ।

यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यति बेला नेपाल पाँच–शून्य गाेल अन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा इरान, ताजिकिस्तान र लेबनान छन् । आजको जितपछि इरानले तीन अङ्क जोडेको छ ।

नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग आउँदो बिहीवार खेल्नेछ भने आइतवार लेबनानसँग खेल्नेछ ।

समूहको शीर्ष टोलीले २३ वर्षमुनिको एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि २३ वर्षमुनिको एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button