
नेकपा एमाले दर्नाको नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न
अछाम : नेकपा एमालेको आशन्न १० औं महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन गर्ने क्रम जारी रहेको छ । कात्तिक ६ गते देशभरीका वडा अधिवेशनको भर्चअल उद्घाटन गरिएकोमा उक्त दिन हुन नसकेका वडाका अधिवेशन समेत धमाधम भैरहेका छन् ।
अछाम जिल्लाका विभिन्न वडामा अधिवेशन भैरहेका र हुने क्रममा रहेका नेकपा एमाले अछामले जनाएको छ । यसैबिच बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नामा नेकपा एमालेको वडा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
वडा अधिवेशन बाट जया साउँदको अध्यक्षतमा २७ जनाको नयाँ कमिटी चयन गरिएको छ । जसको उपाध्यक्षमा रुप खड्का, सचिवमा भरत साउँद, उपसचिव टंक साउँद, पाना धामि लगायतका सदस्यहरु लाई सर्बसम्बद रुपमा चयन गरिएको हो ।
मोति बहादुर धामिको अध्यक्षतामा भएको वडा अधिवेशनमा प्रमुख अतिथि नेकपा एमालेका प्रदेश कमिटि सदस्य कमल तिमिल्सैना रहनु भएको थियो । कार्यक्रममा बोल्दै तिमिल्सैनाले एमाले जनाताको पार्टी भएको भन्दै जनताको मायाले फेरी पनि राज्यको नेतृत्वमा पुग्ने दाबी गर्नुभयो ।
पूर्व प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले गरेका कयौँ जनप्रिय कामलाई स्थगित गरेको औल्याउनु भयो । आगामि दिनमा पनि पार्टिले जनताहरुका पक्षमा काम गर्दै सबैको प्यारो पार्टी बन्ने दावि गर्नुभयो । साथै उहाँले पार्टिलाई बलियो र चलायमान बनाईराख्नका लागी बसै नेता कार्यक्रताहरुले सक्रियभएर लाग्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा अनेरास्वीव्युका केन्द्रयीय उपाध्यक्ष डिबी साउँद, जिल्ला सदस्य भरत ऐडी, लाल कामी, पालिका संगठन कमिटी अध्यक्ष झपट राज ढुंगाना, रामारोश गाउँपालिका संगठन कमिटी सदस्य नृप बहादुर बिक, पालिका संगठन सदस्य पहलसिहँ रावत, नृप कठायत, हर्क साउँद, विद्यार्थि नेता जुजा शाह लगायतका नेता कार्यक्रताहरुको सहभागीता रहेको थियो । पहल सिहँ रावतको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन गणेश प्रसाद ओझाले गर्नुभएको थियो ।