
अछाम : “स्वास्थ्य सुखी समृद्ध परीवार,हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रिय पोषण सेवा, जन्ताको अधिकार“ भन्ने मुल नाराका साथ मंगलसेन नगरपालिका बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत नगर स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको पहिलो बैठक बिभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ ।
नगर स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका संयोजक तथा नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै उहाले प्रतिकुल परिस्थितिका बाबजुत पनि मंगलसेन नगरपालिकाले पोषणका क्षेत्रमा गरेको काम अतुलनीय र प्रभावकारी रहेको बताउदै आगामी दिनमा पनि यसलाई निरन्तरता सहित थप प्रभावकारी बनाउदै लैजाने बताउनुभयो ।
साथै उहाले आगामी दिनमा मंगलसेन नगरपालिकालाई पुर्ण पोषणयुक्त नगरपालिका बनाउन आफु लागीपरेको बताउदै सबैको यसमा साथ र सहयोगको आवस्यक्ता रहेको बताउनुभयको थियो ।
कार्यक्रममा मंगलसेन नगरपालिका नगर उप–प्रमुख शरिता उपाध्यायले कार्यक्रम प्रभावकारी रहेको बताउदै पोषणयुक्त खानेकुराले मात्र बच्चाको शारीरिक मानसीक र संबेगात्मक बिकास हुने हुदा उक्त अवस्थालाई मध्यनजर गरि नगरपालिकाले विभिन्न कार्यक्रमहरू संञ्चालन गरीरहेको बताउनुभयो ।
मंगलसेन नगरपालिका का १४ वटै वडाका वडा अध्यक्ष सहित नगर स्तरिय पोषण तगा खाद्य सुरक्षा निर्देशक समितिका सदस्यहरूको समेत उपस्थिति रहेको कार्यक्रममा यस आर्थिक बर्षमा संञ्चालन हुने बार्षिक कार्यक्रमको कर्ययोजना समेत र्निर्माण गरी शाखागत क्रियाकलापको समेत छनौट गरिएको उक्त कार्यक्रममा कार्यालयका कर्मचारी लगायत अन्य सरोकारवालको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण सुआहाराका लोक बहाद नेपाली,सेत बहादुर भुल, पोषणका सिद्ध ढुंगाना,अम्मर बहादुर शाहीले गर्नु भएको थियो भने कार्यक्रमको संञ्चालन चन्द्र प्रसाद ढुंगानाले गर्नु भएको थियो ।