१४ दिन देखि बेपत्ता तिमिल्सैनको मृत अवस्थामा भेटिए

अछाम । १४ दिन देखि अज्ञात रहेका अछामका एक पुरुषको शब भेटिएको छ ।

जिल्लाको कमलबजार नगरपालिका वडा नं. ५ कुईका ३४ बर्षिय रेशमराज तिमिल्सैनाको शब भेटिएको हो । १४ दिन सम्म नेपाल प्रहरीको सबै सयन्त्र लगाएर खोजी कार्य गरिएपनि तिमिल्सैनाको अवस्था अज्ञात रहेको थियो ।

गएको कार्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सैनाको लास १४ दिन पछि कमलबजार नगरपालिका ६ गैरिटाँड बजार नजिकै बाँसको झारीमा भेटिएको त्यहाँ रहेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका सहसचिव नमराज भण्डारीले जानकारी दिनुभयो ।

उनका अनुसार शब बाँसको झारीमा भेटिएको छ, अहिले अछाम जिल्लाका प्रहरी प्रमुख तुल्सीराम अर्याल सहितको टोली गैरिटाँड पुगेको छ उनले भने तिमिल्सैनाका आफन्त संग प्रहरीको छलफल भईरहेको छ । यस अघि प्रहरीले अनुसन्धानका लागि होटलका ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

आफन्त आक्रोशित, गैरिटाँडमाचक्का जाम

तिमिल्सैनाका आफन्त अहिले आक्रोशित भएर गैरिटाँड बजार बन्द गरेका छन् भने बाटो समेत चक्का जाम गरेका छन् । आफन्त र स्थानिय मिलेर चक्का जाम गरिएको छ ।

रहष्यमय तरिकाले घट्ना भएको भन्दै उनिहरु आक्रोशित भएको पत्रकार भण्डारीले बताए । शब फेला परको स्थानमा प्रहरीले कसैलाई जान दिएको छैन् उनले भने ।

काठमाण्डौँ बाट समेत अनुसन्धानको टिम अछाम आएर खोजी कार्य भएपनि १३ दिनसम्म तिमिल्सैनाको अवस्था पत्ता लागेको थिएन् । तर आज तिमिल्सैना बसेकै ठाँउ नजिकै उनको शव फेला पर्नुले रहष्यमय तरिकाले घट्ना भएको परिवारले आरोप लगाएका छन् ।

असोज ३१ गते मंगलसेनबाट घर फर्किने क्रममा गैरिटाँडकै एक होटलमा बसेका रेशम तिमिल्सैना बेपत्ता भएको भनिए पनि गैरिटाँडमै उनको शब फेला पर्नुले अवस्था अज्ञात रहेको घट्ना प्रस्ट भएको आफन्तको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button