
अछाममा एक घरमा आगलागी, ४ लाख बराबरको क्षति
अछाम : अछाम जिल्लाको चौरपाटी गाउँपालिका–६ को एक घरमा आगलागी हुँदा करिब ४ लाख बराबरको क्षति भएको छ ।
बिहिबार विहान सवा ८ बजे वडा नम्बर ६ दुनिका झुसे साउँदकोे घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट साउँदको घरमा रहेका सम्पूर्ण खाद्यान्न सामग्री, लत्ताकपडा, नगद र दुई तोला सुनसमेत जल्दा करीब करिब ४ लाख बराबरको क्षति भएको प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक निरीक्षक पदमराज जोशीले जानकारी दिनुभयो ।
घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । मानवीय क्षेती भने नभएको प्रहरीले जनाएको छ । घर जलेर नष्ट भएपछि परिवार घरवार विहीन भएको छ ।
यसैबिच आगलागी घर जलेर नष्टभएको खबरपाएपछि चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले घटना स्थलमा पुगेर तत्काल राहतका लागि गाउँकार्यापालिकाको कार्यबिधी अनुसार राहतको व्यावस्था गर्ने बताउनुभएको छ ।
यस्तै अछाम आगलागी पिडित साउँदको परिवारलाई सहयोग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अछामका जिल्ला कमिटी सदस्य जीवन बिक्रम साउँदले सहयोग गरेका हुन ।
घर गोठ जलेर समस्यामा परेका स्थानीय झुसे साउँदको परिवारलाई नेता साउँदले तत्कालको लागि भन्दै खाद्यान्न, भाडाकुडा र त्रीपाल सहयोग गरेका हुन ।
उहाँका अनुसार त्रीपाल १ थान, खाना पकाउने भड्डु एक थान, डिबे एक थान, डाडुपन्यु एक सेट, ५ वटा थाल, ५ वटा कचौरा, २ वटा लोटा, ५० किलो चामल, ५ किलो दाल, २ पोका खानेतेल र एक प्याकेट नुन दिर्घ साउँद र बहादुरे साउँद मार्फत उपलब्ध गराइएको हो ।
यस्तै नेता साउँदले संघ संस्था, व्यक्ती र सम्बन्धित स्थानीय तहलाई सहयोग पनि सहयोग गर्न अनुरोध गरेका छन । साथै दीर्घकालीन व्यवस्थापनको लागि हाम्रो पार्टीको तर्फबाट पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन ।

