जाल्वादेवी भलिवल कपको उपाधी मेल्लेख गाउँपालिकालाई

अछाम १८ कार्तिक । अछामको बान्निगढी जयगढ गाउँपालिका ५ मा बाँच्कोटमा सम्पन्न जाल्वादेवी भलिवल कपको उपाधी मेल्लेख गाउँपालिकाले उचालेको छ ।

विहिबार भएको फाईनल खेलमा पञ्चदेवल सूचना केन्द्र दर्नालाई पराजित गर्दै मेल्लेखले उपाध चुमेको हो ।

प्रथम स्थान हाँसिल गरेसंगै मेल्लेखले नगद १ लाख ५ हजार सहित ट्रफि तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजेता बनेको दर्नाले नगद ६५ हजार सहित ट्रफि, मेडल तथा प्रमाणपत्र, तृतिय स्थान हाँसिल गर्न सफल आयोजकटिमले नगद ३५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना स्थान हाँसिल गरेको सायल गाउँपालिका डोटीले नगद १५ हजार सहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

शुभ दिपावलिको अवसरमा यहि कार्तिक १४ गतेबाट कालिका युवा संजालले प्रतियोगिताको आयोजना गरेको गरेको थियो ।

“जाल्वादेवी भलिवल कप २०७८” नाम दिईएको प्रतियोगितामा बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडिलाई मेडल, ट्रफि, नगद र प्रमाण पत्र सहित पुरस्कृत गरिएको खेलकुद प्रतियोगिता समितिका संयोजक धनराज साउदले बताउनुभयो । यस्तै प्रतियोगिताका रेफ्री, मुख्य प्रायोजक र प्रायोजकहरुलाई पनि सम्मानीत गरिएको जनाईएको छ ।

कालिका युवा संजालका अध्यक्ष मिन साउदको अध्यक्षतामा भएको समापन समारोहमा बान्नीगढि जयगढ गाउँपालिका ५ का वडा अध्यक्ष लाल कामी प्रमुख अतिथि रहनुभएको थियो भने बिशिष्ट अतिथिमा वडा नम्वर ४ का अध्यक्ष कर्ण बहादुर ठकुल्लार वडानम्वर ६ का अध्यक्ष कृष्णबहादुर कडायत रहनुभएको थियो भने विभिन्न पार्टीका प्रतिनिधि र सरोकारवाला अतिथि रहनुभएको थियो । बिजयी टिम तथा खेलाडिहरुलाई प्रमुख अतिथि र बिशिष्ट अतिथि लगायतका व्यक्तिहरुले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्तिक १४ गतेबाट सुरु भएको प्रतियोगिताकाे उदघाटन नेकपा एमाले अछामका ईञ्चार्ज तथा सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले उदघाटन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button