अछाममा एक पुरुष मृत अवस्थामा भेटिए

अछाम : अछाममा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भाटाकाटीयाका गगने साउँदको शव मृत अवस्थामा भेटिएको हो ।

अन्दाजी ३० बर्षीय साउँद कार्तिक २१ गते भारतबाट मुजाबगर पुगेका थिए ।

तर उनी आज स्थानीय टुडिसैन सालघाडी भिरमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष उदय बहादुर साउँदले जानकारी दिनुभयो ।

भारतबाट आएका उनी घर नपुग्दै मृत अवस्थामा भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अछामको टोली खटिएको प्रहरी निरीक्षक गङ्गादत्त बडूले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button