मंगलसेनमा न्यायीक समस्या निरुपणका गर्न मेलमिलाकर्ताको व्यवस्था

होम साउद, अछाम २८ कात्तिक । मंगलसेन नगरपालिकाले गाउँसमाजमा हुने ससाना विवाद समाधानका लागि मेलमिलाप सहजकर्ताहरुलाई जिम्म्वारी दिएको छ । १५ जना तालिमप्राप्त मेलमिलापकर्ताहरुलाई आईतबार सपथग्रहण गराएर जिम्मेवारी प्रदान गरेको हो ।

अवदेखी वडास्तरमा हुने ससाना बिवादहरुलाई स्थानीय मेलमिलाप केन्द्रबाटै सहजकर्ताले समाधान गर्नेछन । सामान्य विवाद समाधानका लागि पनि न्यायीक समितिमा पुग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै मेलमिलापकर्तालाई जिम्मेवारी दिईएको जनाईएको छ ।

नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक सरिता उपाध्यायको अध्यक्षतामा भएको मेलमिलापकर्ताको सपथग्रहण कार्यक्रममा नगरप्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । नगरप्रमुख बोहराले सपथग्रहण गराउँदै सबै मेलमिलापकर्ताहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कुनैपनी काम सानो नहुने भन्दै उहाँले अन्यायमा परेकाहरुलाई न्याय दिनका लागि मेलमिलापकर्ताहरुको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । समाजमा स्थापित हुदै आफ्नो जीवनलाई सार्थक बनाएर समाजको अगुवा बन्नका मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा न्यायीक समिति संयोजक सरिता उपाध्यायले २०७६ सालमै मेलमिलापकर्ताका लागि तालिम दिईसकेको र अव पुन:ताजकिय तालिमका लागि पहल गर्ने बताउनुभयो । मेलमिलापकर्ताहरुले नगरपालिकाको मेलमिलाप कार्यविधिलाई अध्ययन गर्दै काम गर्दा सहज हुने उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले न्यायीक समितिलाई थप प्रभावकारी बनाउन, गाउँसमाजमा हुने स-साना बिवादहरु स्थानीय स्तरमै मेलमिलापकर्ताले निरुपण गर्ने गरि सक्रिय हुन आग्रह गर्नुभयो ।

मंगलसेन नगरपालिकाका ५ स्थानमा मेलमिलाप केन्द्र स्थापना हुदै

मंगलसेन नगरपालिका न्यायीक समितिले हाललाई नगरका ५ ठाउँमा वटा मेलमिला केन्द्र स्थापना गरि मेलमिलाप कार्यलाई सहज बनाउँने भएको छ ।

जसमा वडानम्वर १, २ र १३ को लागि सुवाखाँद, वडानम्वर ३, ४ र ५ का लागि साविक मंगलसेन नगरपालिका भवन, वडा नम्वर ६ र ७ को लागि ठुलासैन, वडा नम्वर ८, ९, १० र ११ को लागि जुपूको धुराली र वडा नं. १२ र १४ को लागि छापडाँडामा मेलमिलाप केन्द्र स्थापना गरिने न्यायीक समितिका उजुरी प्रशासक नरेश बहादुर कठायतले बताउनुभयो ।

प्रत्येक केन्द्रमा ३/३ जना मेलमिलापकर्ता रहने व्यावस्था मिलाईएको उहाँको भनाई छ । केन्द्रका लागि आवश्यक पर्ने संरचना र ऐन कानून नगरको न्यायीक समितिले गर्ने जनाईएको छ ।

मेलमिलाप सहजकर्ताहरुलाई सपथग्रहण संगसंगै मेलमिलाप संचालन कार्यविधि र न्यायीक निरुपण कार्यविधि समेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख बिष्णुप्रसाद जैशी र एम आई एस अपरेटर होम साउद सहित मेलमिलापकर्ताको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button