मालिका विकास संघको २८ औं साधारण सभा सम्पन्न

अछाम : मालिका बिकास संघ नेपालको २८ औं साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । मालिका बिकास संघ नेपालका कार्यबाहक अध्यक्ष हेम बिकको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन क्षत्र नम्वर २ सांसद यज्ञबहादुर बोगटी गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै बोगटीले संस्थाहरुले जनताको क्षमता अभिबृदी गर्न महत्वपूर्ण भूमिका खेलेको बताउदै नागरिकलाई सुसुचित गरेर समाजमा भएका बिकृति बिसंगतीलाइ अन्त्य गर्न लाग्नुपर्ने कुराकमा जोडदिनु भएको थियो ।

उहाँले बिकास निर्माणका हरेक गतिबिधिमा जनतालाई अगाढी बढाउन समेत आग्रह गर्नुभयो र मालिका बिकास संघद्धारा आर्थिक बर्ष २०७७÷०७८ मा अछाम जिल्लाको साँफेबगर नगरपालिका,बान्नीगढी जयगढ गाउँपालिका, मंगलसेन नगरपालिका वडा नम्बर ४, ५,१२ र १४ पंचदेवल नगरपालिका वडा नम्बर १,२,३,र ४ मा त्यसैगरी चौरपाटी गाउँपालि वडा नम्बर १,२,३ र ४ मा संचालित कार्यक्रम साकार,स्मार्ट, गिफ्ट, क्याटलक, सुशासन र परिबर्तन परियोजना मार्फत गरिएका कार्यको बारेमा जानकारी गरिएको थियो ।

मालिका बिकास संघ नेपालले आफ्नो स्थापना कालदेखी हालसम्म गरिएका कार्यको बारेमा जानकारी दिदै अछाम जिल्लाका बिभिन्न स्थानियतहमा सामाजिक परिचालन,नेतृत्व तथा क्षमता बिकास महिला शशक्तीकरण कृषि,पशुपालन तथा आयमुलक लगाएतका क्षेत्रमा भएका उपलब्धीले नागरिकमा आएको परिबर्तनले परियोजना सफल भएको मालिका बिकास संघका संस्थापक अध्यक्ष दानबहादुर रावलले बताउनुभयो ।

त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथि जिल्ला समन्वय समितीका संयोजक नरबहादुर कुँवरले मालिका बिकास संघले गरेका बिभिन्न कार्यको प्रशंसा गर्र्दै समुदायका नागरिकमा आएको सुधारले आफु एकदमै खुसी भएको बताउनु भयो । उहाँले नागरिकमा आएको परिवर्तनले समुदायमा बिकास भएको अनुमान गर्न सकिने बताउनु भयो । यस्तै कार्यक्रमका सहभागीहरुले पनि समुदायमा पहिले आफनो नाम भन्न नसक्ने महिला अहिले आफनो हक र अधिकारको बारेमा भन्न बोल्न सक्ने र आफनो योजना समेत माग गर्न सक्ने भएका बताउदै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तता दिन आग्रह गरेका छन ।

कार्यक्रममा बिभिन्न दातृनिकाय त्यसैगरी संस्थाका पूर्व अध्यक्ष स्वर्गिय केशब रावलकी धर्पपत्नी दुर्गा रावल, संस्थाका पूर्व लेखा तथा प्रशासन अधिकृत गोकर्ण रावलकी धर्मपत्नी सेतुदेबि रावल लगाएत अन्य ब्याक्तत्वहरुलाई दोसल्ला तथा सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का गैसस महासंघका अध्यक्ष टंक ढुंगाना ,जिल्ला स्थीत संचारकर्मि लगाएत सरोकारबालाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा आ,ब २०७८। ०७८ को आर्थिक प्रगति प्रतिवेदन संस्थाका कोषाअध्यक्ष केशर रावल गर्नुभएको थियो भने परिबर्तन परियोनाको बार्षिक प्रगति प्रतिवेदन मालिका बिकास संघका कार्यक्रम अधिकृत रतन रावलले गर्नुभएको थियो । मालिका बिकास संघ नेपालका उपाध्यक्ष राधा रावलको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिब ज्ञानेन्द्र रावलले गर्नु भएको थियो ।

यसैबिच २५ जना आजिवन र ४७ जना साधारण गरि ७२ जना सदस्य रहेको संस्थाको बन्दसत्रले आगामि ३ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button