मालिका विकास संघको ९ सदस्यीय नयाँ नेतृत्व चयन

अछाम : मालिका बिकास संघ नेपाल अछामको २८ औं बार्षिक साधारण सभाले आगामी ३ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

उदघाटन पछि भएको बन्दसत्रले यस अघिका कार्यवाहक अध्यक्ष हिम बहादुर विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो ।

जसमा वरिष्ठ उपाध्यक्ष राधा रावल, उपाध्यक्ष ज्ञानेन्द्र बहादुर रावल, सचिव झपटराज उपाध्याय, कोषाध्यक्ष सानू कुवर रावल चयन भएका हुन ।

जसमा सदस्य कृष्ण बहादुर रावल, जगत लुहार, एकेन्द्र विश्वकर्मा र निर्मला टमट्टा चयन भएका मालिका विकास संघद्वारा संचालित परिवर्तन परियोजनाका जिल्ला संयोजक रतन रावलले जानकारी दिनु भयो ।

२०५० सालमा जिल्ला प्रशासन कार्यालय अछाममा दर्ता भई सुरु भएको मालिका विकास संघ नेपालमा हाल २५ जना आजिवन र ४७ जना साधारण सदस्य गरी ७२ जना सदस्य रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button