अछाममा उच्चशिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयका बारेमा अन्तरक्रिया

कमल रावल कात्तिक २९ अछाम : सुदुरपश्चिम प्रदेशको प्रदेश विश्वविद्यालय तथा उच्चशिक्षा सम्बन्धि कार्यदलले उच्चशिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयका बारेमा अछामका शिक्षा क्षेत्रका सरोकारवाला तथा राजनितीक दलका प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ ।

उच्चशिक्षा निति तथा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि सरोकारवाला सबैको धारण संकलन गरेको छ । अन्तरक्रिया कार्यक्रमका सबै सहभागीले यसको उद्देश्य सहित आगामि औँचित्यको बारेमा जिज्ञासा र सुझाव राखेका थिए ।

कार्यदल संयोजक डाक्टर खेमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले शिक्षा क्षेत्रको परिवर्तनको लागि आफू जहिले पनि लागिपरेको बताउनु भयो ।

सुदुरपश्चिम विश्वविद्यालय स्थापनाका लागि तराईको क्षेत्र मात्र नभएर पहाडी क्षेत्र समेत अघि हुने भएकाले सबैले सोच्नु पर्ने बताउनु भयो ।

बिशिस्ट अतिथि अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बहादुर बिष्टले उच्च शिक्षा आजको आवश्यकता भएकाले सबैको चासो सहित कार्यान्वयनको बिषय भएको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा उठेका सबै जिज्ञासाको जवाफ संयोजक जोशीले दिनु भएको थियो । कार्यदलले यसअघि कैलाली जिल्लाको टिकापुरमा पहिलो अन्तरभ्रियन गरेको थियो भने अछाममा दोस्रो छलफल हो ।

कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, अछामका सबै क्याम्पसका अध्यक्ष तथा प्रमुख, शिक्षक संघ, संघठनका प्रतिनिधि, उच्च विद्यालयका शिक्षकको सहभागीता रहेको थियो ।

छलफलको सहजिकर कार्यदलका सदस्य डाक्टर कविन्द्र प्रसाद चन्द र चक्रराज अधिकारीले गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button