सार्बजनिक निजी साझेदारीको अवधारण एवं सम्भावना सम्बन्धि अन्तरक्रिया

अछाम : सार्बजनिक निजी साझेदारीको अवधारण एवं सम्भावना सम्बन्धि अन्तरक्रिया कार्यक्रम मंगलस्र्न नगरपालिकामा सम्पन्न भएको छ ।

स्थानिय सरकार र निजी क्षेत्र बिच समन्वय गरी विपन्न तथा किशोर किशारी युवाहरुको सर्बागीण बिकासका सुधार ल्याई उद्यमशिल बनाउने उदेश्यले कार्यक्रम गरिएको बाक नेपाल परियोना अधिकृत महादेव ओझाले जानकारी दिनुभयो ।

कार्यक्रममा विपन्न बालबालिकाको भलाईको लागि यूवाहरुलाई उद्यमशिलतामा जोडि मंगलसेन, ठुलासैन लगाएतका क्षेत्रमा सम्भावित उद्यम ब्यावसाय बारे छलफल समेत भएको थियो । वाक नेपालका पूर्ब अध्यक्ष मिन बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा रहनुभएको थियो ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले यूवाहरु उद्यमी बनाउन बिभिन्न तालिम शिप बिकास लगाएतका कार्यमा जोडेर ब्यावसायी बनाउन खोजेपनि त्यसमा यूवाको चासो नगएको प्रति चिन्ता ब्यक्त गर्दै अब यूवाले व्यायसायमा जोडीय मात्रै केही हतमा स्वरोजगार हुने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले उदेश्य अनुसारको लगानि नभएकाले यूवालाई ब्यावसायि बनाउन नसकेको बताउदै अब सही क्षेत्रको पहिचान गरेर ब्यावसाय गर्न सके भने मात्रै यूवालाई उद्यमी बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा मंगलसेन नगरपालिकाका नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र सोडारी, उद्योग बाणीज्य संघका छत्र बोहरा, कृषि विकास बैंकका प्रवन्धक हेमराज ढुंगाना लगाएतको सहभागिता रहेको थियो ।

वाक नेपालका कोषाध्यक्ष शुसिला बोगटीको स्वागत मनतब्यबाट सुरुभएको कार्यक्रमको संचालन वाक नेपालका मिल अफिसर भजन बिकले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button