एशियन लाईफ मंगलसैनद्धारा मृत्यु दावी चेक हस्तान्त्रण

मंसिर ३
एसियन लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेड दिपायल शाखा अन्र्तगत मंगलसेन उप शाखाले शुक्रवार स्वर्गीय झप लुहार कि श्रीमती   गङ्गा लुहारलाई मृत्यु दाबीको चेक हस्तान्त्रण गरेको छ । मंगलसैन उप शाखा प्रमुख गोर्कण प्रसाद भाटका अनुसार कम्पनीको नियमले पाउनु पर्ने सुबिधा वाफतको  उनलाई रू २ लाख ६९ हजार ८० रूपैयाँको चेक हस्तान्तरण गरिएको बताए । 

news
             स्वर्गीय झप लुहार कि श्रीमती गङ्गा लुहारलाई मृत्यु दाबीको चेक हस्तान्त्रण गर्दै ।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अछामका उप प्रमुख टोप बहादुर रावलले चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै रावलले भने मानिसले आफ्नो सुरक्षाका लागी सबैले जिवन बिमा गर्नु आवश्यक रहेको र आजै बाट हामी सबैले आफ्ना घर परिवारका सम्पुर्ण सदस्यहरुले जिवन बिमा गर्नु पर्नेमा जोड  दिनु भएको थियो । 
स्वर्गीय झप  लुहारको २०७५ सालमा  २ लाख ४० हजारको बिमा गरेको थियो भने उनले ३ किस्ता मात्रै कम्पनीलाई बुझाएका थिए जस्मा ४८ हजार ३ स १२ रुपैया जम्मा भएको दिपायल शाखाका शाखा प्रबन्धक नवराज पण्डितले जानकारी दिएका छन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button