अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाम : अछाममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ का बल विकको भिरबाट लडेर ज्यान गएको हो ।

४५ बर्षीय विकको आज सोमबार सानटुक्रा भिरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको श्रीमतीको पनि सोही भिरबाट लडेर मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button