
रामारोशनमा महिला हिंसा विरुद्दको १६ दिने अभियान सुभारम्भ
अछाम : अछाम जिल्लाको रामारोशन गाउँपालिकामा पनि महिला हिंसा विरुद्दको १६ दिने अभियान सुभारम्भ गरिएको छ ।
“घरबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौँ ” भन्ने मुल नाराका साथ आज बाट एक कार्यक्रमका बिच अभियानको सुरुवात गरिएको हो ।
जस अन्तरगत पालिका र मुजाबगर बजारमा महिला हिंसा बिरुद्ध विभिन्न नारा लगाउदै प्रभात फेरि गरिएको थियो भने गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

आज बाट सुरुभएको अभियान अबको १६ दिन सम्म चलाईने छ । पालिका अन्तरगतका सबै वडाहरुमा जनचेतनामुलक कार्यक्रम, छलफल र अन्तरक्रिया कार्यक्रम गरिने रामारोशन गाउँपालिकाले जनाएको छ ।
यस्तै गाउँपालिकाको कार्यलयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम गाउँ सभा सदस्य रुपा कुमारी रावलको अध्यक्षता बाट सुरु गरिएको थियो ।
रामारोशन गाउँपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना, ग्रामीण जलस्रोत ब्यावस्थापन परियोजना (RVWRMP) , सुआहारा र सेबक नेपालको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा विशेषगरि महिला हिंसा अन्त्यका बारेमा छलफल हुनुकासाथै पालिका अन्तरगतका वडाहरुमा अभियान सफल पार्ने बिषयमा दोहोरो छलफल भएको थियो ।
कार्यक्रमको सहजीकरण रामरोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारि, प्रशासन शकायक सुमित्रा नायक, स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ देवकोटा, लक्ष्मीराज पाध्या, दल बहादुर साउद, दिपक खनाल लगायतले गर्नुभएको थियो । कार्यक्रममा पालिकाका कर्मचारी र अन्य महिला गरि ६५ जनाको सहभागिता रहेको थियो ।