
कमल रावल मंसिर ११ अछाम : अछामको कमलबजारमा प्रथम कमल रावत स्मृती खुल्ला क्रिकेट प्रतियोगिताको एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।
स्वर्गीय कमल रावतको सम्झनामा पहिलो पटक आयोजना भएको क्रिकेट प्रतियोगिताको उदघाट्न कमलबजार नगरपालिकाका प्रमुख ओम प्रकास बिष्टले गर्नु भएको हो ।
मुख्य प्रायोजक चादनी कोल्ड स्टोरका संञ्चालन तथा स्वर्गीय कमल रावतका छोरा अर्जुन बहादुर रावतको अध्यक्षतामा भएको उदघाट्न कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख बिष्टले स्वर्गीय कमल रावत कमलबजार क्षेत्रका लागी उदारहणीय व्यापारी भएकाले जहीले पनी अभाव खटकीरहने बताउनु भयो ।

खेलकुद क्षेत्रमा उहाँको जहीले पनी लगानी गरेकाले त्यसैको प्रतिफलले कमलबजारमा समेत क्रिकेट प्रतियोगिता भएकाले सधैँ सबैले सम्मान गर्नुपर्ने बताउनु भयो ।
आगामी दिनमा क्रिकेट प्रतियोगिता मात्र नभएर सामाजिक अभियानका कार्य गरेर समेत रावतको नाम र पहीचान सबैले राख्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथी कमलबजार नगरपालिका उपप्रमुख भुमिशरण ढकाल बजगाईले कमल रावतको सम्झनामा भएको क्रिकेट प्रतियोगिता जिल्लाका लागी नमुना भएको बताउनु भयो ।

रावतका परिवारबाट मात्र नभई कमलबजारका सबै ब्यापारीले गरेको सहयोगले आफुलाई खुशी तुल्याएको बताउदै आगामी दिनमा नगरपालिकाको तर्फबाट समेत सहयोग रहने बताउनु भयो ।
उदघाटन कार्यक्रममा कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खडग बहादुर बिष्ट, पत्रकार कमल रावल, अमर धामी, पवित्रा खड्का लगाएतका अतिथी रहनु भएको थियो ।

कार्यक्रमको संञ्चालन कमलबजार नगरस्तरिय खेलकुद बिकास समितीका अध्यक्ष धिरज बहादुर रावतले गर्नु भएको थियो । जिल्लाका ११ वटा टिमको सहभागीता रहेको प्रतियोगिताका खेल समेत आज बाटै सुरु भएका छन ।