मालिका सामुदायक सिकाई केन्द्रलाई विभिन्न सामाग्री सहयोग

चन्द्र थापा अछाम : मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तिमा रहेकाे मालिका सामुदायक सिकाई केन्द्रलाई विभिन्न सामाग्री सहयोग गरिएको छ ।

काेईकाकाे अर्थिक सहयाेग र युनेस्कोको आर्थिक सहयोगमा सुवाखादमा स्थापना गरिएको कार्यालयमा आज एक कार्यक्रमका बिछ विभिन्न सामग्री केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

सामुदायिक सिकाई केन्द्रलाई २ लाख ८० हजार ४ सयकाे सामान हस्तान्तरण गरिएको छ । मंगलसैन नगरपालीका शिक्षा शाखा संयाेजक दिपेन्द्र बिष्ट र युनेस्कोका फिल्ड संयाेजक देबेस राज गिरीले १ का वडा अध्यक्ष गाेपाल थापालाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

जस अन्तरगत ल्यापटप २ थान, प्रिन्टर १ थान, प्राेजेक्टर १ थान, क्यामरा १ ल्यापटप झाेला २ थान सामुदायी सिकाई केन्द्रलाई हस्तान्तरण गरीकाे बताईएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष गोपाल थापाले सामुदायिक सिकाई केन्द्रलाई आवश्यक सामाग्री सहयोग गरेकोमा धन्यवाद दिनुभएको थियो ।

केन्द्रलाई आवश्यक परेको बेला उपलब्ध सामाग्रीहरुले राहत भएको भन्दै आगामी दिनमा पनि सहयोग को अपेक्षा गरेको बताउनुभयो ।

सामुदायिक सिकाई केन्द्रलाई आफुले वडा कार्यालय मार्फत पनि सक्दो सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा पनि ब्यावस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker