२० बर्षको उमेरमै सुत्केरी, अत्याधिक रक्तश्राव भएपछि हेलिकप्टर मार्फत उद्धार

अछाम । अछाम जिल्लाबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको बयालपाटा अस्पतालबाट साँफेबगर नगरपालिका वडा नं. १० घुघुरकोटकी २० बर्षिया सम्झना बिकको हेलिकप्टर मार्फत उद्धार गरिएको अस्पतालले जनाएको छ ।

बिकको सुत्केरी पश्चात अत्याधिक रगत बग्न थालेपछि उनलाई आकस्मिक रेफर गरिएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले बताए ।

हिजो साँझ सुत्केरी बेथा लागेपछि बिकका परिवारले उनलाई बयालपाटा अस्पताल पुर्याएका थिए । आज बिहान उनले छोरीलाई जन्म दिएकी थिईन् । सुत्केरी पश्चात रगत बग्न नरोकिएपछि उनलाई रेफर गर्नुपर्ने अवस्था आएको डा. पाठकले बताए ।

अस्तापलमा हामीले ४ प्वाईन्ट रगत जम्मा गरेर उनलाई रगत चढायौँ उपचारमा संलग्न डा. दिल शाही रोकाले भने रगत बग्ने क्रम नरोकिएपछि रेफर गर्नुको बिकल्प रहेन् । गम्भिर अवसथा भएका कारण उनलाई तत्काल रेफर गरिएको डा. रोकाको भनाई छ ।

बिको उमेर २० बर्ष हो डा. रोकाले भने कम उमेरमै बिबाह गर्नुले पनि यस्ता प्रकारका समस्या आउने गरेको छ । कम उमेरमै बिबाह गर्ने परम्पराका कारण दुर्गममा अकालमै गर्भवती तथा सुत्केरी अवस्थामा महिलाले ज्याउन गुमाउनु परिरहेको छ ।

सम्झनालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत कोहलपुर मेडिकल कलेज लगिएको छ ।

फोटो – धर्मराज कडायत

www.sudooraaja.com 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button