बस दुर्घटनामा मृतकका आफन्तद्धारा यातायात बन्द, राहत नपाएसम्म पोष्टमार्टम गर्न नदिने अडान

मंसिर १५, अछाम

अछाममा मध्ये पहाडी राजमार्ग अवरुद्ध पारिएको छ । मङ्गलवार भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारका आफन्तले उचित क्षतिपूर्ति माग गर्दै मंगलसैनमा सडक अवरुद्ध पारिएको हो । उनीहरूले उचित क्षतिपुर्ती नदिएसम्म शवको पोस्टमार्टम गर्न नदिने र शब नबुझ्ने अडान लिएका छन् ।

यता बस दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति नपाए सम्म सब पोस्टमार्टम गर्न नदिने बताएपछि सहमतिका लागि जिल्ला प्रशासन कार्यालय अछाम सर्वदलीय बैठक गरिएकोे छ । बैठकबाट निष्कर्ष केही नआएको र छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनु भयो ।

मंगलबार अछाम सदरमुकाम मंगलसेन नगरपालिका वडा न ४ मा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति नपाए सम्म शब पोस्टमार्टम गर्न नदिने अडान लिएका हुन् । मृतकको शव मंगलबार राती नै जिल्ला अस्पतालमा ल्याईएको हो ।

सर्बदलिय बैठकमा प्रमुख जिल्ला अधिकारी मल्ल, अछाम प्रहरीका प्रमुख डियसपी तुलसिराम अर्याल, मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा, प्रशासकिय अधिकृत खकेन्द्र सोडारी, सुदूरपश्चिम यातायात समितिका पदाधिकारी, बस मालिक मृृतकका आफन्त लगायत सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker