क्रिकेट प्रतियोगितामा मंगलसेन, दैलेख, कमलबजार र कालिका सेमिफाईनलमा प्रवेश

कमल रावल मंसिर १५ अछाम अछामको कमलबजारमा जारी प्रथम कमल रावत स्मृति कप क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने ४ टिमको टुंगो लागेको छ ।

बुधबार आज सम्पन्न भएको खेलमा समुह ए बाट विजेताको रुपमा भिमपाईला स्पोर्ट ठाँटीखाँद गाउपालिका दैलेख र उपविजेताको रुपमा कालिका युवा संजाल बान्निगढी जयगढ गाउपालिका वडा नम्बर ५ सेमिफाईल पुुगेका हुन ।

समुह बि बाट विजेताको रुपमा आयोजक कमल रावत स्मृति क्लब आयोजक ए र उपविजेताकाे रुपमा मंगलसेन नगरपालिका सेमिफाइनल पुगेको हो ।

विहिवार बिहान ८ बजे पहिलो सेमिफाइनल खेलमा मंगलसेन नगरपालिका र भिमपाईला स्पोर्ट ठाँटीखाँद गाउपालिका दैलेख र दोस्रो सेमिफाइनल खेलमा विहान ११ बजे आयोजक कमल रावत स्मृति क्लब आयोजक ए र कालिका युवा संजाल बान्निगढी जयगढ गाउपालिका वडा नम्बर ५ भिड्ने आयोजक कमिटीका धिरज बहादुर रावतले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ७१ हजार सहित कप , मेडल र प्रमाणपत्र र उपविजेता हुने टिमले नगद ३१ हजार सहित कप , मेडल र प्रमाणपत्र हात पार्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button