लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा कविता बाचन प्रतियोगिता

कमल रावल, अछाम : लैङ्गिक हिंसा न्युनिकरणमा शिक्षाको भुमिका विषयक कविता बाचन प्रतियोगिता अछाम बहुमुखी क्याम्पस मंगलसेनमा सम्पन्न भएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति अछामको आयोजनामा भएको कविता बाचनमा अछाम बहुमुखी क्याम्पस र शोडषा माध्यमिक विद्यालयका ७ जना छात्राले सहभागीता जनाउनु भएको थियो ।

जसमा प्रथम चन्द्रा ढुङ्गाना, द्धितिय हिमा बोहरा, तृतीय समीक्षा केसी र सान्त्वना पवित्रा कुमारी काफ्ले भएकि छन ।

प्रतियोगितामा प्रथमलाई २०००, द्धितियलाई १५००, तृतीयलाई १००० र शान्तवनालाई ५०० पुरुस्कार कार्यक्रमका प्रमुख अतिथि मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायले वितरण गर्नु भएको थियो ।

प्रमुख अतिथि उपाध्यायले हिंसा न्युनिकरणमा शिक्षामुलक कार्यक्रमले टेवा पुग्ने बताउनु भयो । हरेक क्षेत्रका कार्यक्रम एकद्वार प्रणाली मार्फत गर्न सकिए उपलब्धि हासिल गर्न सकिने बताउनु भयो ।

आफ्नो र नगरको तर्फबाट जुनसुकै सहयोग गर्न समेत तत्पर रहेको बताउनु भयो ।

शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय सदस्य सस्था सदस्य मालिका बिकास संघ नेपालका कार्यसमिति सदस्य एकेन्द्र बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रमको संन्चालन सदस्य मिना ढुगांनाले गर्नु भएको थियो ।

कबिता बाचन प्रतियोगितामा निर्णायक मण्डलको भुमिका अछाम बहमुखी क्याम्पसका प्राध्यापक मान बहादुर बुढा र तुलसी नाथले निर्वाह गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button